शिङ्साबा भोटे समाजमा पहिलो पटक महिला नेतृत्व

  • साउन ३२, २०७८
  • २,९१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ साउन ःशिङ्सावा भोटे समाजको मा पहिलो पटक महिला अध्यक्ष छोजुङ भोटे निर्वाचित बनेकी छिन् ।

आठौं अधिवेशनबाटद्धारा पहिलो पटक महिला अध्यक्ष छोजुङ भोटे निर्वाचित बनेकी हुन्।

धरान र हिमाली शिङ्सावा भोटिया समाजको धरानमा भएको आठौं अधिवेशनबाट छोजुङ अध्यक्षमा निर्वाचित भएको हो । छोजुङ समाजको एतिहासिक पहिलो पटक महिला नेतृ अध्यक्ष पदमा चयन बनेकी हुन् ।

sinsha bhote

समाजको आठौ अधिवेशनल तथा १७ औ वार्षिक साधारण सभाले छजुङलाई अध्यक्षमा निर्वाचित गरेकोे छ ।
नेतृत्व आलोपालो गर्ने सहमती नभएपछि अधिवेशनमा भोटद्धारा छोजुङ अध्यक्ष पदमा चयन बनेकी हुन् ।

अध्यक्ष पदका लागि चुङ्दाक भोटे र छोजुङ लामा भोटे २ जनाकोे उम्मेदवार परेको थियो । निर्वाचनबाट चुङ्दाक भोटे लाई ३ भोटले पछि पादै छोजुङ अध्यक्षमा चयन बनेकी थिइन् ।

अध्यक्षमा छोजुङ लामा भोटे त्यस्तै, उपाध्यक्षमा पान्देन लामा,सचिब अन्दि भोटे,सहसचिव नाम्जा भोटे र कोषाध्यक्षमा छेसाङ भोटे निर्वाचित भएका छन् । समाजको अन्य सदस्यहरु नयाँ निर्वाचित समितिले मनोनीत गर्ने निर्णय गरिएको छ ।

संखुवासभा जिल्लाको शिङ्सा क्षेत्र भोटखोलामा रहेका आदिवासी मुलबासीहरुले आफुलाई भोटे जाती परिचित गराउने उद्देश्यले शिङ्साबा भोटे समाज समुदायहरु बिगत २०६० सालबाट संगठित भएर धरानमा बसोबास गर्दै आएका छन् ।

आफ्नो पहिचान स्थापित गर्नका लागि शिङ्साबा समाज गठन गरिएको नेकपा माओवादी केन्द्र धरान ३ का वडासचिव युवा नेता मिङ्मा भोटेले जानकारी दिए । आफ्नो धर्म संस्कृतिलाई संक्षरण गर्ने उद्देश्यले सस्थाको स्थापना गरेको नेता भोटेले बताए ।

समुदाय संक्षरणका लागि ढटेर अघि बढ्ने नयाँ निर्वाचित छोजुङ भोटेले बताईन् । ‘संविधानमा उल्लेख गरिएको हक अधिकारलाई समेत राज्यले वेवास्ता गदै भोटे समुदायमा गरिने विवेदलाई निराकरण गर्ने लक्ष्य रहेको निर्वाचित अध्यक्ष भोटेको भनाई छ ।

भोटे समाजको संस्था धरान उपमहानगरपालिका धरान – १५ मा छ ।

उपमहानगरपालिकाले उपलब्ध गराएको ५ कठ्ठा जग्गामा अहिले समाजको सामुदायिक भवन तथा क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा समेत निर्माणाधीन भौरहेको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा ल्होमि शिङ्साबा भनेर सूचीकरण भएको समुदायको पहिचानमा बनिरहेको गुम्बा निर्माणमा प्रदेश सांसद उमिता बराईली मार्फत ७ लाख,प्रतिनिधि सांसद जयकुमार राईको निर्वाचन क्षेत्र बिकास कोषबाट १० लाख बजेट उपलब्ध भएपछि संरचना निर्माण भईरहेको छ ।

 

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic