भानुचोकमा फेसन डिजाइनको सेवा शुरु

  • भदौ १७, २०७८
  • ४,०१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ भाद्र ः फेसनको शहर भनेर चिनिने धरानमा फेसन डिजाइनका सेवाहरु थपिने क्रम तिव्र बनेको छ ।

धरानमा फेसन डिजाइन सम्वन्धि जानकारी दिने र सीप दिने उदेश्यले डिजाइन इन्स्टिच्युसन अफ फेसन टेक्नोलोजीको स्थापना भएको छ ।

धरानको केन्द्रविन्दु मानिने भानुचोक स्थित तमु कम्प्लेक्समा शुरु भएको सो टेक्नोलोजीमा लामो समयदेखि सोही क्षेत्रमा कार्यरत अनुभवी मनिषा राईले सञ्चालन गरेकी हुन ।

संचालक राईका अनुसार १५ लाख रुपैयाको लागतमा इन्स्टिच्युटको शुरुवात गरीएको हो ।

सचालक मनिष विगत १० वर्षदेखि फेसन डिजाइनमा काम गर्र्दै आएकीछन् । उनको यसैक्षेत्रबाट धरानमा छुट्टै पहिचान वनेको छ । मनिषाले सिटिइभिटीद्धारा मान्यता प्राप्त संस्थाबाट फेसन डिजाइनमा तेस्रो तह उर्तिण गरेकीछिन् ।

धरान फेसनेवल शहर भएर पनि यस्ता तालिम केन्द्र नभएकोले त्यस कुराको आवस्यकता महशुस गरी केन्द्र स्थापना गरीएको इन्स्टिच्युटका सह–सञ्चालक देवीन राईको भनाई रहेको छ ।

उनका अनुसार इन्स्टिच्युटमा तालिमका साथै विभिन्न फेसन सम्वन्धि कपडाहरु पनि पाइनेछ ।

सञ्चालक मनिषाले पुरुष तथा महिलाहरुलाई फेसन डिजाइन सम्वन्धि तालिम दिनुका साथै सिटिइभिटिले सञ्चालन गर्ने सवै प्रकारका तालिम समेत आफूहरुले प्रदान गर्ने जानकारी दिइन ।

उनका अनुसार फिल्म तथा म्युजिक भिडियोका लागि आवस्यक पोसाक समेत तयार गरीनेछ ।

फेसनले विकृति नभई समाजमा नया कुराको आयाम दिने मनिषाको भनाई रहेको छ ।

सो इन्स्टिच्युटको उद्घाटन नगरप्रमुख तिलक राईले गरेका थिए भने सो कार्यक्रममा वडा नं १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) लगायतको उपस्थिति रहेको थियो ।

1 3 2 6 4

 

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic