भानुचोकमा फेसन डिजाइनको सेवा शुरु

  • भदौ १७, २०७८
  • ३,९७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ भाद्र ः फेसनको शहर भनेर चिनिने धरानमा फेसन डिजाइनका सेवाहरु थपिने क्रम तिव्र बनेको छ ।

धरानमा फेसन डिजाइन सम्वन्धि जानकारी दिने र सीप दिने उदेश्यले डिजाइन इन्स्टिच्युसन अफ फेसन टेक्नोलोजीको स्थापना भएको छ ।

धरानको केन्द्रविन्दु मानिने भानुचोक स्थित तमु कम्प्लेक्समा शुरु भएको सो टेक्नोलोजीमा लामो समयदेखि सोही क्षेत्रमा कार्यरत अनुभवी मनिषा राईले सञ्चालन गरेकी हुन ।

संचालक राईका अनुसार १५ लाख रुपैयाको लागतमा इन्स्टिच्युटको शुरुवात गरीएको हो ।

सचालक मनिष विगत १० वर्षदेखि फेसन डिजाइनमा काम गर्र्दै आएकीछन् । उनको यसैक्षेत्रबाट धरानमा छुट्टै पहिचान वनेको छ । मनिषाले सिटिइभिटीद्धारा मान्यता प्राप्त संस्थाबाट फेसन डिजाइनमा तेस्रो तह उर्तिण गरेकीछिन् ।

धरान फेसनेवल शहर भएर पनि यस्ता तालिम केन्द्र नभएकोले त्यस कुराको आवस्यकता महशुस गरी केन्द्र स्थापना गरीएको इन्स्टिच्युटका सह–सञ्चालक देवीन राईको भनाई रहेको छ ।

उनका अनुसार इन्स्टिच्युटमा तालिमका साथै विभिन्न फेसन सम्वन्धि कपडाहरु पनि पाइनेछ ।

सञ्चालक मनिषाले पुरुष तथा महिलाहरुलाई फेसन डिजाइन सम्वन्धि तालिम दिनुका साथै सिटिइभिटिले सञ्चालन गर्ने सवै प्रकारका तालिम समेत आफूहरुले प्रदान गर्ने जानकारी दिइन ।

उनका अनुसार फिल्म तथा म्युजिक भिडियोका लागि आवस्यक पोसाक समेत तयार गरीनेछ ।

फेसनले विकृति नभई समाजमा नया कुराको आयाम दिने मनिषाको भनाई रहेको छ ।

सो इन्स्टिच्युटको उद्घाटन नगरप्रमुख तिलक राईले गरेका थिए भने सो कार्यक्रममा वडा नं १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) लगायतको उपस्थिति रहेको थियो ।

1 3 2 6 4

 

 

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

डिपो कप

छाल खवर  धरान,२९ मंसिरः डिपो माध्यमिक विद्याल धरान–१८ ले आयोजना ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic