लिम्वु समुदायलाई उद्यमी व्यवसायी वनाउन याक्थुङ उद्यमी समाज दर्ता

  • असोज ११, २०७८
  • ८,२७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ असोज ः याक्थुङ लिम्बू समुदायलाई उद्योग व्यवसाय क्षेत्रमा अभिप्रेरित गर्ने उदेश्यले सुनसरीमा याक्थुङ उद्यमी समाजको स्थापना भएको छ ।

समाजको अध्यक्षमा विपिन इवारम,वरिष्ठ उपाध्यक्षमादेवकुमार सुव्वा,उपाध्यक्षहरुमा डम्वरकुमार तुम्बापो,डा योगेन्द्र पालङ्वा,भारती सुव्वा र नविन सुव्वा रहेकाछन् ।

समाजको सचिवमा शिव सुव्वा इस्वो, कोषाध्यक्षमा कविता लिम्वु र सहसचिवहरुमा शान्तिराम जवेगु(सुमन)जीवनप्रकाश शेर्मा,मोहन विक्रम तिगेला,निर्मला इवारम रहेकाछन् भने सहकोषाध्यक्षमा कल्पना लिम्वु रहेकीछिन् ।

अन्य सदस्यहरुमा भद्रकुमारी लिम्बु,हेमचन्द्र लिम्वु,दिलकुमारी राई (लिम्वु) ज्योति लिम्वु (मेन्याङ्वो)राजिव सुव्वा र पूर्ण बहादुर लिम्वु रहेकाछन् ।

आधुनिक उद्योग तथा व्यापार व्यवसायमा व्यापारिक तथा व्यवसायिक ज्ञान, सीप, कला, पूँजी, प्रोत्साहन र एकताको कमि एवं समुदायमा व्यवसाय मैत्री वातावरण बनाउनको लागि पहल गर्ने अध्यक्ष विपिन इवारमले जानकारी दिनुभयो ।

याक्थुङ लिम्बू समुदायका युवाहरुसंगै श्रम, सीप, ज्ञान र पूँजीसमेत विदेश पलायन भइरहेकोले विदेशमा आर्जन गरेको पूँजी, ज्ञान, सीप, प्रविधि र अनुभवलाई सदुपयोग गर्न लागि पर्ने उहाको भनाई थियो ।

उनका अनुसार उद्योग, व्यापार, व्यवसायमा लगानी गरी आपूm स्वरोजगार हुने र अरुलाईसमेत राजगारी दिनुपर्नेमा विदेशबाट फर्किएका युवाहरु आफैबेरोजगार भइरहेका छन् ।

नेपालमा नै बसेर उद्योग तथा व्यापार व्यवसाय गरिरहेका र विदेशबाट फर्किएर यस क्षेत्रमा केही गर्छु भनेर लाग्न चाहाने युवाहरु व्यवसाय मैत्री वातावरण नभएकोले निराश भइरहेको उहाले जनाउनुभयो ।

याक्थुङ लिम्बू समुदायका उद्यमी, व्यवसायीहरुको हकहित, प्रगति, एकता, संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन एवं विकासको लागि केही काम गर्नैपर्ने आवश्यकता सिर्जना भएको उहाको भनाई रहेको छ ।

कर्मशील, सिर्जनशील एवं उद्यमशील बनाउनको लागि आर्थिक, प्राविधिक एवं व्यवसायिक तालिम तथा शिक्षाको माध्यमद्वारा जनचेतना र एकताको भावना अभिवृद्धि गर्दै स्वदेशमा नै उद्यम व्यवसाय गरी आर्थिक समृद्धि प्राप्त गर्न र अभिप्रेरित गर्नु संस्थाको उदेश्य रहेको पत्रकार सम्मेलानम बरिष्ठ उपाध्यक्ष देवकुमार इजमले बताउनु भयो ।

याक्थुङ उद्यमी समाज गैर राजनीतिक, गैर नाफामुलक, गैर सरकारी र गैर धार्मिक सामाजिक संस्थाको रुपमा दर्ता ऐन, २०३४ बमोजिम २०७८ साल भदौ ३१ गते जिल्ला प्रशासन कार्यालय, सुनसरीमा दर्ता गरिएको उपाध्यक्ष डम्वर कुमार तुम्वापोले बताउनु भयो ।

उहाले प्रदेश १ का ९ जिल्ला र उपत्यकाका ३ जिल्लामा आफ्नो कार्यक्रमहरु संचालन गर्ने जानकारी दिनुभयो ।

के के छन समाजका उदेश्यहरु

१. याक्थुङ लिम्बू उद्यमीहरुको हकहित, प्रगति तथा एकताको लागि काम गर्ने ।

२. याक्थुङ लिम्बू उद्यमीहरुमा व्यवसायिकता, सिर्जशीलता एवं उद्यमशीलताको विकास र जनचेतना अभिवृद्धिको लागि कार्यक्रमहरु गर्ने ।

३. याक्थुङ लिम्बू उद्यमीहरुबीच एकताको भावना अभिवृद्धि गर्दै उद्यमीहरुको संरक्षण, सम्वद्र्धन, प्रर्वद्धन एवं विकास सम्बन्धी कामहरु गर्ने ।

४. याक्थुङ लिम्बू उद्यमीहरुको साझा समस्या र चुनौतिहरुको समाधानको लागि यथोचित अध्ययन अनुसन्धान गर्ने र भैपरी आउदा एकआपसमा सरसहयोग गर्ने ।

५. याक्थुङ लिम्बू समुदायका युवा जनशक्ति, श्रम, सीप र पूँजी विदेश पलायन भइरहेको र विदेशबाट फर्किएका युवाहरुसमेत वेरोजगार भइरहेकोले उनीहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउनको लागि व्यवसायिक, सिर्जनशील तथा उद्यमशील बनाउन कार्यक्रमहरु गर्ने ।

६. याक्थुङ लिम्बू समुदायमा चलनचल्तिमा रहेका परम्परागत ज्ञान, सीप, प्रविधि तथा अनुभवलाई व्ययवसायीकरण गर्नलाई अभिप्ररित गर्ने ।

७. याक्थुङ लिम्बू उद्यमीहरुको हित, संरक्षण, सवद्र्धन, प्रवद्र्धन तथा विकासको लागि अक्षयकोषको स्थापना गर्ने ।

८. याक्थुङ लिम्बू भाषा, साहित्य, संस्कार र संस्कृतिको विकासको लागि आवश्यक सहयोग गर्ने ।

९. याक्थुङ लिम्बू समुदायबाट उद्योग, व्यापार, व्यवसाय एवं भाषा, साहित्य तथा संस्कृतिको क्षेत्रमा महत्पूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान, पुरस्कृत एवं अभिनन्दन गर्ने ।

९. याक्थुङ लिम्बू समुदायका गरीब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराउने, छात्रवृतिको लागि पहल गर्ने ।

उदेश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic