मुख्यमन्त्री आचार्यद्धारा जितिया पर्वको शुभकामना

  • असोज १३, २०७८
  • ६,०९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ असोज ः प्रदेश नंं १ का मुख्यमन्त्री भीम आचार्यले मातृवात्सल्य एवंम् स्नेहको अनुपम प्रतिक सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यले शुभकामना जारी गर्दै सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो ।

बहुधार्मिक, बहुभाषीक, बहुजातीय, बहुसाँस्कृतिक विशेषता तथा भौगोलिक विविधतायुक्त हाम्रो मुलुकमा विभिन्न जात जातिले मनाउदै आएका चाड पर्वहरुले हामी नेपालीहरु बिच परस्पर सद्भाव, बन्धुत्वको भावनालाई अभिवृद्धि गर्दै आएको उल्लेख गर्नुभएको छ ।

भौगोलिक, साँस्कृतिक, जातिय, धार्मिक तथा भाषिक विविधतालाई एक आपसमा गाँसेर सामाजिक सद्भाव,, राष्ट्रिय एकता एवंम् साझा नेपालीको पहिचानलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास समेत उहाँले लिनुभएको छ ।

जीवित्पुत्री, जिउतिया वा जिमुतवाहनको नामले समेत चिनिने नेपालीहरुको साझा साँस्कृतिक पर्वको रुपमा विकसित हुँदै गरेको विशेषतः आदिवासी थारु तथा तराईवासीहरुले हर्षोल्लासका साथ यो पर्व मनाउने गरेकाछन् ।

यो पर्वले नेपालीहरु बिचको सामाजिक सदभाव, सहिष्णुता तथा सहकार्यलाई अझ दिगो बनाउदै आर्थिक, सामाजिक विकासलाई गति दिदै समृद्ध राष्ट्र निार्मणको साझा राष्ट्रिय संकल्प पुरा गर्न प्रेरणा प्राप्त होस कामना समेत उहाले व्यक्त गर्नुभएको छ

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic