दलित वस्तिमा सांसद सुदन किरातीको दसैँ

  • असोज ३०, २०७८
  • ४,४२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० असोज ः नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराती दलित बस्तीमा पुगेर दसैँ मनाएका छन् ।

गृहजिल्ला भोजपुरको रामप्रसादराई गाउँपालिका–१ मा पुस्तौंदेखि ‘बालिघरे प्रथा’ मा रहेका दर्जी र विश्वकर्मासँगै बसेर उनले विजया दशमीको खुसी साटासाट गरे । टीका कार्यक्रममा उपस्थित भएका दलित वृद्धवृद्धालाई सांसद किरातीले एकसरो कपडा उपहारस्वरूप दिँदै ढोगभेट गरेका छन् ।

sudan-dashain 2

ओख्रे निवासी मिठे दर्जी, मनकुमारी दर्जी, धुँवासे दर्जी, बुधमाया दर्जी र पवित्रा विश्वकर्मालाई नयाँ दौरा सुरुवाल र सारीचोलो पछ्यौरी उपहार दिएर ढोगभेट गर्दै मीठोमसिनो दसैँ मनाए ।

‘दसैँमा आफूले वर्षभरी गरेको कामको ज्याला उठाउन सुँगुरको पुच्छर र एकमाना चामल लिन घरघर आउने र आफूले खाएको भाँडा आफैँ धोएर जाने परम्परा थियो’, किराँतीले भने, ‘आज उहाँहरू वृद्ध हुनुभो मेरा बा(आमा जस्तै देखिने उहाँहरूको घर पुगेँ उहाँहरुसँगै सुख दुस्खका कुराहरु गर्दै दसैँ मनाएँ ।’

किरातीले गणतन्त्र स्थापना भए पनि गणतान्त्रिक संस्कृति निर्माण हुन नसकेकोमा आफू राजनितिककर्मी भएको नाताले आत्मालोचित भएको बताए ।

sudan-dashain_3

दलित समुदाय अझै पनि मानिसको दर्जामा समाजमा स्थापित हुन सकेका छैनन् तर संविधानले भने जातीय विभेद र छुवाछुत प्रथा अन्त्य गरेको छ ।यो प्रगतिशील संविधानलाई रक्षा गर्न र व्यवहारतस् कार्यान्वयन गर्नको निम्ति पुर्खाहरूले जानअञ्जानमा गरेको छुवाछुतजस्तो जघन्य गल्तीप्रति आत्मपश्चाताप गर्दै माफी मागेको छु’, किरातीले भने ।

sudan-dashain_4

आफूले चुनेर पठाएको सांसद घरगाउँमै आएर दसैँ मनाएपछि भावविव्हल हुँदै दलित वृद्धवृद्धाले भने, ‘आफैँले कमाएको विष्टको छोरा आज सांसद भए हामीलाई सम्झेर दसैँ मनाउन आउनुभो हामी खुसी छौँ ।’

sudan-dashain_5
नेपाल प्रेसबाट

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic