मुक्तिनाथ विकास बैंकद्वारा ऋषिकुल विद्यापीठलाई सहयोग

  • फागुन ३०, २०७८
  • १,९२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० फागुन ःमुक्तिनाथ विकास बैंकको धरान शाखाले पञ्चकन्या पथ स्थित ऋषिकुल विद्यापीठ गुरुकुललार्ई २ थान कम्पुटर सहयोग गरेको छ ।

आइतबार धरान वार्ड नम्बर १४ स्थित ऋषिकुल विद्यापीठ गुरुकुलमा आयोजित एक कार्यक्रमका बीच २ थान कम्पुटर हस्तानतरण गरेको बैंकले जानकारी दिएको छ ।

final = 2 4

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संधसंस्थाहरुलाई सहयोग गर्दै आएको बताउँदै सोही योजना अनुसार ऋषिकुल विद्यापीठ गुरुकुललार्ई २ थान कम्प्युटर सहयोग गरेको हो ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट इटहरी क्षेत्रीय प्रमख मनोज बिस्ट, धरान शाखाका प्रबन्धक दिपेन खवास भुजेल र अन्य कर्मचारीहरुको उपस्थिति तथा ऋषिकुल विद्यापीठ गुरुकुलको तर्फबाट अध्यक्ष गौरी शंकर अग्रवाल र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट गुरुकुलमा पढ्न आउने विद्यार्थीहरुको शिक्षा तथा व्यवस्थापनका कार्यहरुमा मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र बालबालिकाहरुको हितमा काम हुने विश्वास लिएको छ ।

final = 3 4

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic