लायन्स क्लव पन्चकन्याद्धारा अमाह सिमसार क्षेत्रमा वृक्षरोपण

  • असार २६, २०७९
  • १,७११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ असार ः यतिवेला वृक्षारोपणको मौसमले छाएको छ । यतिवेला अधिकांश वन क्षेत्र लगायतका स्थानहरुमा वृक्षारोपण गर्नेक्रम जारी रहेको छ ।

विभिन्न संघ संस्थाहरुले वृक्षरोपणलाई आफ्नो प्रमुख कार्यक्रम वनाउदै आएकाछन् सोही क्रममा लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा स्थित अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र रुखको विरुवाहरु रोपेको छ ।

photo 2

अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ नम्बर वडामा पर्दछ ।

पछिल्लो केही वर्ष यता अमाह सिमसार आन्तरिक पर्यटकहरुमाझ चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेको छ ।

पशुपक्षीको आहार हुने बोटविरुवा नभएको भन्ने थाह पाएपछि लायन्स पञ्चकन्या र अमाह वन उपभोक्ता समुहसंग सहकार्य गरि फलफुलको विरुवासहित वृक्षरोपण गरिएको धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठको भनाई रहेको छ ।

नेपालमा वढ्दो जलवायु परिवर्तनको असरलाई पनि न्युनिकरण गर्नमा सहयोग पु¥याउने उदेश्यले वृक्षरोपण आयोजना गरीएको लायन्स पञ्चकन्याकी अध्यक्ष एकता श्रेष्ठले वताएकीछिन् ।

कार्यक्रमका प्रमुख अतिथी डिष्ट्रीक गभर्नर पिएमजीफ ३२५ धिरज गुरुङ्गले बिरुवा रोपेर सुरु गरेका थिए ।
लायन्स क्लव अफ पञ्चकन्याकी अध्यक्ष एकता श्रेष्ठका अनुसार अम्वक, अमला, तितिरी, शिरिस, सजिवनी, किम्वु, वेल, अशोक, अर्जुन, रक्तचन्दन, पिपल, तेजपत्ता लगायत ३३ प्रजातिको विरुवा रोपिएको थियो ।

लायन्स क्लवको सिद्धान्त अनुसार शिक्षा, स्वास्थ्य र वातावरण संग सम्वन्धित सामाजिक कार्यहरु गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । क्लवले चाडै नै पैसाको अभावमा पढ्न नपाएकाहरुलाई लक्षित गर्दै वान रुपिस फर एजुकेशन अभियान सुरु गर्ने पनि उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई , बराहक्षेत्र ५ नम्बर वडाध्यक्ष रोहित काफ्ले, अमाह बन उपभोक्ता समूह अध्यक्ष भोजराज घले, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ, एमजेएफ लायन्स रेखा गुरुङ्ग, युवा समाजसेवी सम्राट श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यस अघि क्लवले धरान १५ मा रहेको वमधारा खानेपानी मुहान संरक्षणका लागि ७ सय वटा फलफुलका विरुवा रोपेको थियो ।

अमाह बन उपभोक्ता समुह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रम भएको हो ।

photo = 4 photo = 3

 

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic