संखुवासभा भोटे गुम्वा निर्माणको नेतृत्व मिथुन भोटेले गर्ने

  • साउन १७, २०७९
  • ३,३९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ साउन ः संखुवासभाबाट काठमाडौं गई वसोवास गरेका भोटे समुदायले आफ्नो धार्मिक कार्यका लागि संखुवासभा भोटे गुम्वा निर्माण गर्ने भएकाछन् ।

विगत तीन दशक भन्दा लामो समयदेखि करिव ८ हजार भोटे समुदाय काठमाडौ वसोवास गर्दै आएकाछन् ।

गुम्वा निर्माणका लागि मिथुन चाङ्पा भोटेको अध्यक्षतामा ११ सदस्यीय संखुवासभा भोटे गुम्वा निर्माण समिति समेत निर्माण भएको छ ।

समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषध्यक्ष – तप्चेन भोटे,,तेम्बा भोटे,ल्हाक्पा भोटे, ठिजुङ भोटे चयन भएकाछन् ।

त्यसैगरी सदस्यहरुमा दोर्जे भोटे, फुर्पु जेनजेन भोटे, निशा भोटे,सुमि भोटे, सोनु भोटे,ल्हाक्पा छेजिक भोटे रहेकाछन् ।

काठमाडौं उपत्यका भित्र निर्माण गर्न लागिएको सो गुम्वाका लागि जग्गा खरीद वा सरकारी जग्गाका लागि पहिल दुवै कार्यका लागि समितिले योजना वनाएको समितिका अध्यक्ष मिथुना भोटेले जानकारी दिएकाछन् ।

काठमाडौं आई बसोबास गर्ने हजारौं भोटे बौद्ध धर्मावलम्बीहरुको लागि आस्थाको मन्दिर कही पनि नभएकोले भोटे गुम्बा निर्माण गर्न लागिएको अध्यक्ष भोटेको भनाई रहेको छ ।

समितिको लागि गुम्वा निर्माणको लागि जग्गा व्यवस्थापन गर्नु चुनौति रहेको वताउदै जुनसुकै चुनौतिको सामना गरेर भएपनि गुम्बा निर्माण पूरा गर्नुपर्ने समितिको जिम्मेवारी रहेको उनले वताएकाछन् ।

सवै खाले चुनौतीलाई सामना गरेर भएपनि धेरै बर्ष देखि हाम्रो भोटे समुदायले देखेको एउटा ठुलो सपना पूरा गर्ने अवसर समितिको जिम्मेवारी काधमा आएको समितिको भनाई रहेको छ ।

अध्यक्ष भोटेले गुम्वा निर्माणका लागि सहयोग गरीदिन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी दाताहरु शुभेच्छुकहरुमा अपिल समेत गरेकाछन् ।

गुम्वा निर्माणका लागि जग्मा खरीद वा सरकारी जग्गाका लागि सरकारसंग माग गर्ने दुवै कार्यमा आफूहरु अहोरात्र लागि पर्ने समितिले प्रतिवद्धता जनाएको छ ।

सरकारी जग्गा प्राप्त नभएमा कुनै ठाउमा जग्गा खरीद गरेर पनि गुम्वा निर्माण गरीने भएकोले सो कार्यमा आर्थिक सहयोग संकलनमा सहयोग गरीदिन अध्यक्ष भोटेले अपिल समेत गरेकाछन् ।

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

सुनाखरी डान्सिङ आइडलको उपाधि साईमा र सागरिकालाई

छाल खवर मंसिर २८ मंसिरः सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साई ...

डिपो कपमा शनिवार चार खेल सम्पन्न

छाल खवर धरानमा जारी डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललि ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्ट सम्पन्न

छाल खवर धरान, २७ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले ...

आइडल बोर्डिङ स्कुल,नोबेल एकाडेमी, र कार्मेल हाईस्क

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic