बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी सर्बोत्कृष्ट प्रहरी घोषित

  • भदौ ८, २०७९
  • २,८७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ भदौंः साउन महिनाको सर्वोष्कृट प्रहरीमा प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्वाङ र अर्जुन अधिकारी घोषित भएकाछन् ।

१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारीलाई श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

प्रहरी निरीक्षक नेम्बाङले बुढिगंगा गाउँपालिका–१ बस्ने दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवलाई विराटनगर महानगरपालिका– १२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरी निज बालिकालाई भारतको दरभंगाबाट सकुशल उद्धार गर्न सफल वनेका थिए ।

घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल समेत भएको थिए भने प्रहरी निरीक्षक अधिकारीले भोजपुर नगरपालिका –६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका–८ पोखरेका ६० बर्षीय सूर्य बहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएका थिए ।

नेम्वाङ र अधिकारीको कार्यसम्पादन गरेको उत्कृष्ट कार्यको मुल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट २०७९ साल श्रावण “महिनाको सर्वोत्कृष्ट प्रहरी” वेष्ट पुलिस अफ द मन्थ) घोषणा गरेको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्र्तगत रहेका इलाका प्रहरी कार्यालय क स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आईएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic