मुख्यमन्त्रीद्धारा जितिया पर्वको शुभकामना व्यक्त

  • असोज २, २०७९
  • ३,४८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ असोज ः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले थारु समुदाय र मैथिली समुदायका महिलाहरूले मनाउने महान चाड जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राईले आइतवार शुभकामना वक्तव्य जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राईले प्रदेश नं. १ सहित देश, विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गर्दछु शुभकामना पत्रमा उल्लेख गर्नुभएको छ ।

प्रदेश नं. १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मनाइन्छ । सन्तानको दीर्घायुका लागि बस्ने गरीएको यो व्रत आश्विन कृष्णपक्षकोे अष्टमी तिथिका दिन मुख्यगरी मनाइन्छ ।

आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालुहरू स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु गरी नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ ।

यस व्रतका क्रममा राती जितवाहन भगवानको कथा र महिमा सुन्ने प्रचलन छ । खासगरी थारु र मैथिली समुदायको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुका लागि प्रसिद्ध छ ।

सत्ययुगमा भगवान् विष्णुको तपस्या गरी वरदान पाएका सत्यवादी पुरुष जितवाहनको पूजा आराधना गर्नाले सन्तानको अकाल मृत्यु नहुने मान्यताबमोजिम जितवाहनको पूजा र व्रत गर्ने परम्पराको थालनी भएको भन्ने भनाइ छ । जितिया पर्व जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ । यो तराई–मधेसको महत्वपूर्ण लोक पर्व हो ।

नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ ।

त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।

जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्, र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित गर्दै संसारभरि फैलिएर रहेका नेपाली दिदीबहिनी, दाजुभाइहरूमा जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

सुनाखरी डान्सिङ आइडलको उपाधि साईमा र सागरिकालाई

छाल खवर मंसिर २८ मंसिरः सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साई ...

डिपो कपमा शनिवार चार खेल सम्पन्न

छाल खवर धरानमा जारी डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललि ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्ट सम्पन्न

छाल खवर धरान, २७ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले ...

आइडल बोर्डिङ स्कुल,नोबेल एकाडेमी, र कार्मेल हाईस्क

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic