थापालाई सृजनशील पत्रकारिता पुरस्कार

  • मंसिर २७, २०७९
  • ३,४६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २७ मंसिर ः धरानमा पत्रकारीता गरीरहेका फोटो पत्रकार लक्ष्मण थापालाई गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरीएको छ ।

थापालाई धरान नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले पुरस्कार प्रदान गरेका थिए ।थापालाई प्रदान गरीएको पुरस्कारको राशि २० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो ।

थापा २०५७ साल देखी फोटो पत्रकारितामा सकृय रहेकाछन् । थापासँग काठमाण्डौबाट प्रकाशित हुने स्पेस टाइम्स, राजधानी दैनिक, विश्वदिप साप्ताहिकमा काम गरेको अनुभव रहेको छ ।

कपुरी अनलाइन तथा स्थानिय दैनिक, साप्ताहिक पत्रिकामा काम गरेका थापाले हाल आफ्नै ‘बुढासुब्बा न्युज’ युट्युब च्यानल सञ्चालन गर्दै आएका छन् ।

नेपाल प्रेस युनियन र नेपाली काँग्रेस धरान नगर समितिले प्रदान गर्दै आएको उक्त पुरस्कार धरानका पूर्व मेयर तिलक राईले स्थापना गरेका थिए ।

उपमहानगरपालिकाबाट मेयरले पाउने तलब, भत्ता, सुविधाको रकम आफूले नलिने तर सामाजिक कार्यमा खर्च गरिने घोषणा गरेका राईले सोही रकम मध्येबाट २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव, प्रेस युनियन सुनसरीका संस्थापक धरानका अग्रज पत्रकार गिरिराज आचार्यको सम्मानमा पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरेका हुन ।

कोषबाट प्राप्त हुने व्याजको रकमबाट बर्सेनि एक जना पत्रकारलाई पुरस्कार प्रदान गरिँदै आएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic