हुलाकी सडकका प्रमुख र पीडितहरुवीच छलफल

  • पुस १५, २०७९
  • ७१९ पटक पढिएको
  • छाल खबर

छाल खवर

धरान,१५ पुष ः विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा देखिएको समस्या समाधानमा सक्रियता देखाउनु भएको छ ।

मेयर कोइरालाको पहलमा हुलाकी सडक कार्यालय इटहरीका प्रमुख विजय थापा र विराटनगर–५ स्थित हुलाकी सडक पीडित स्थानीयलाई एकै ठाउँ राखेर छलफल गर्नु भएको छ ।

केही हप्ताअघि मेयर कोइराला आफैं इटहरीस्थित हुलाकी सडक कार्यालय पुगेर सडक निर्माणका लागि दबाब दिनुभएको थियो ।

उहाँले आफू जनताको प्रतिनिधि भएकाले जनताले दुःख र सास्ती पाएको हेर्न नसक्ने बताउनुभयो । उहाँले हुलाकी सडक निर्माण अलपत्र पारेर ठेकेदार भाग्दा स्थानीय जनताले दुःख पाएको बताउनुभयो ।

हुलाकी सडक कार्यालयका प्रमुख थापाले ठेकेदार सम्पर्कविहीन भएकाले ठेक्का रद्दको प्रक्रियामा गइसकेको जानकारी दिनुभयो ।

उहाँले एकैपटक ठेक्का तोड्न ऐनले नदिने भएकाले प्रक्रियागत रुपमा कार्यालय गइसकेको जानकारी दिनुभयो । प्रमुख थापाले ठेकेदारलाई सम्पर्कमा आउन र नआए ठेक्का रद्द गर्ने सूचना प्रकाशित गरिसकेको बताउनुभयो ।

उहाँले अब छिट्टै अर्को टेण्डर आह्वान गरेर हुलाकी सडक निर्माणलाई गति दिने प्रतिबद्धता जनाउनुभयो । स्थानीयले सडकका कारण आफूहरुले धेरै सास्ती पाएको गुनासो पोखेका थिए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic