मिलेर अघि वढन प्रतिनिधि सभाका माननीय अशोक राईको सुझाव

  • पुस २०, २०७९
  • २,३४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २० पुषः सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय अशोक कुमार राईले धरानको विकासका लागि मिलेर अघि वढन सुझाव दिएकाछन् ।

बुधवारबाट शुरु भएको १ सय २१औं स्थापना दिवसका अवसरमा आयोजित तीन दिने धरान उत्सवको उद्घाटन गर्दै राईले सो कुरा वताएका हुन् ।

dharan utsab photo.jpg = 2

कार्यक्रममा वोल्दै राईले निर्वाचन परिणाम लोकतान्त्रिक विधि मात्र भएको र वढी मत ल्याउनेलाई कामको जिम्मेवारी हुने मात्र भएको वताउदै समाज विकासका लागि सवैको उत्तिकै दायित्व भएको उल्लेख गरेका थिए ।

धरानको विकासका लागि आफूले सक्दो पहल गर्ने वताउदै सुनसरी क्षेत्र नं १ को विकासका लागि काम गर्ने जिम्मेवारी आफूले पाएको मात्र दावी गरे ।

dharan utsab photo.jpg = 3

उनले कुनै पनि विकास एक्लै गरेर संभव नहुने वताउदै सवै एक भएर अघि वढनु पर्नेमा जोड दिएका छन् ।

त्यसैगरी सुनसरी क्षेत्र नं १ क का प्रदेश सभा सदस्य माननीय रमेश कुमार वस्नेतले धरानको विकासका लागि सवै एक भएर अघि वढनुपर्नेमा जोडदिएका थिए ।

त्यसैगरी कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका धरान नगर सभापति श्याम पोख्रेलले धरानको विकासका लागि सवैको सहकार्य अपरीहार्य रहेको वताए ।

पव्लिक हाइस्कुलको मैदानमा शुरु भएको तीन दिने धरान उत्सवमा विभिन्न परिकारका सामाग्रीहरुको स्टल तथा औद्योगिक सामाग्रीहरुको स्टल राखिएको छ ।

धरान उत्सवका अवसरमा स्थानीय जातीय संघ संस्था, विद्यालय, खेलकुदका संघसंस्था र्यालीमा सहभागी छन् ।

k k school

धरान ७ को स्व. भुपेन्द्र राज मोक्तान स्मृती जेष्ठ नागरिक पार्क धरान डे को अवसरमा मेयर हर्क साम्पाङ्गबाट उद्घाटन भएको थियो ।

dharan day ist

 

 

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic