फोहोर व्यवस्थापन हुन नसक्दा सर्वसाधारणलाई सास्ती

  • पुस २८, २०७९
  • १,५८१ पटक पढिएको
  • सन्देश तिमल्सिना
alt धरान ९ स्थित पुतलि लाइन र शिव प्रकाश पथकाे सडक नालाकाे वेतिथि

छाल खवर

धरान,२८ पुष ः धरान पुर्वको मात्रै नभई नेपालकै सुन्दर र सफा शहरको रुपमा परिचित छ तर यहाँको सडकमा ड्रेन नहुदा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ । नालामा ड्रेन नहुदा सर्वसाधरणले बाटोमा हिड्न बाध्य छन् । बाटोमा हिड्दा सडक दुद्र्यटनाको जोखिम समेत बढ्दै गएको छ ।

साघुरो बाटो , सडक जाम त्यहि माथि जाथाभावी पार्किङको सास्तिले स्थानिय वाक्कदिक्क भएका छन् । नाला भए पनि नालामा डे्रन छैन जसको प्रत्यक्ष असर व्यवसायि र सर्वसाधरणलार्ई परेको छ । पानीले केही बगाउँदा खाली देखिएको उप–महानगरपालिका भित्रको मुख्य नाला १ बर्ष नपुग्दै फोहोरले पुनः भरिएको छ । फोहोरका कारण नालामा बग्ने पानी थुनिएको छ ।

दैनिक बजार क्षेत्रबाट आवात–जावत गर्ने नागरिकले नालाको अवस्था हेर्दै नाक खुम्च्याउँछन् तर, सफा र स्वच्छ नगरको नारा लगाउँदै आएको उप–महानगरपालिका कार्यालयले नालामा भरिएको फोहोर उठाउने विषयमा कुनै पहल थालेको देखिँदैन । नाला फोहोरले भरिएर दुर्गन्धित छ नालामा ड्रेन समेत छैन ।

धरानको मुख्य बजार पुतलीलाईन सडकजामले हिड्न समेत समस्या हुन्छ । त्यहि माथि नालामा ड्रेन समेत छैन जस्को कारण सर्वसाधारणलाई बजारमा आउन समेत जोखिम मोलेर हिड्नु बाध्यता हुन्छ । ड्रेन नभएको कारण र ड्रेन भएको स्थानमा समेत गाडि पार्किङ गरेर राखिएको हुन्छ । सो पार्किङ गर्ने अवस्थामा ड्रेनको कारण गाडि नालामामै फसेको हुन्छ ।

धरानको समृद्धि सपना बुन्ने तर सबैभन्दा धेरै फोहोर उत्पादन गर्ने व्यवसायीले पनि यसको जिम्मेवारी लिन चाहेका छैनन् फोहोरले नाला थुनिँदा पानी जमेको छ । साथै होटलका भान्साबाट निस्किएका कच्चा पदार्थ नालामै थुनिँदा नगरक्षेत्रभित्र दुर्गन्ध फैलिएको छ ।

दैनिक रुपमा फोहोर उठाउनका लागि नगरपालिकाले कर्मचारी खटाएपनि उनीहरुले मुख्य सडक छेउको फोहोर उठाउने बाहेक अन्य कुनै काम गर्न सकेका छैनन् ।

स्थानीय निकायले चासो नदिदा नालीको फोहोर गनाएर हिडडुल गर्न समेत समस्या भएको स्थानीय मनोज कार्कीले वताए ।

उप–महानगरको मुख्य सडक क्षेत्रभित्रको अवस्था हेरिनसक्नु छ। व्यवसायिका पसलबाट निस्केका कागज र होटल व्यवसायीका फोहोर नालामै मिसाउनाले भित्री क्षेत्रमा दुर्गन्ध फैलिएको नागरिकको गुनासो छ ।

निर्वाचित भएपछि उप–महानगरको फोहोर हटाउँदै स्वच्छ बनाउने नारा लगाएका जनप्रतिनिधिले अहिलेसम्म भित्री क्षेत्रका नालामा जम्मा भएको सयौं क्वीन्टल फोहोरको व्यवस्थापनका विषयमा कुनै योजना सार्वजनिक गरेका छैनन् ।

एक तथ्यांक अनुसार धरान उप–महानगरपालिका भित्र दैनिक ४० टन भन्दाबढी फोहर उत्पादन हुन्छ । फोहोरको उत्पादनबाट बायोम्याट्रिक ग्यास उत्पादन हुन्छ । धरानको फोहोर गुनासोको विषयमात्रै हैन आम्दानीको श्रोत पनि हो ।

डिपो कपमा शनिवार चार खेल सम्पन्न

छाल खवर धरानमा जारी डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललि ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्ट सम्पन्न

छाल खवर धरान, २७ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले ...

आइडल बोर्डिङ स्कुल,नोबेल एकाडेमी, र कार्मेल हाईस्क

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic