गोधुली फुटवलमा ५ नं वडाको विजयी शुरुवात

  • पुस ३०, २०७९
  • ४०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० पुषः धरानमा शनिवारबाट सुरु भएको २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा ५ नं. वडाले विजयी सुरुवात गरेको छ ।

५ नं. वडाले गत संस्करणको फाइनललिष्ट टोली १३ नं.वडालाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

प्रतियोगिताको उपाधी दाबेदार मानिएको १३ नं.वडा पहिलो खेलमा पराजित भएसँग प्रतियोगिताबाट बाहिरिएको छ ।
वडा नं. ५ का लागी साजन लिम्बूले दुवै गोल गरेका थिए ।

उनले खेलको १८ औं मिनेट र दोस्रो हाफको २५ औं मिनेटमा गोल गरेका थिए .


लिम्वु खेलको म्यान अफ द म्याच समेत घोषित भएसँगै नगद १५ सय सहित मेडल पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

भोलीको खेल दिउसो ठिक ३ बजे धरान–१४ र धरान–२ बिच हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिएकाछन् ।

गोधुलीले निरन्तर रुपमा प्रतियोगिता गराउदै आएको छ ।

आइडल बोर्डिङ स्कुल,नोबेल एकाडेमी, र कार्मेल हाईस्क

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic