महासंघ सुनसरी शाखामा शोक पुस्तिका

  • माघ २, २०७९
  • ८२१ पटक पढिएको
  • छाल खबर
alt

पोखरामा भएको जहाज दुर्घटनामा परी निधन भएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल

छाल खवर
काठमाडौं,२ माघ ः नेपाल पत्रकार महासङ्घका केन्द्रीय समितिले केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएकोमा सोमवारदेखी १३ दिनसम्म शोक मनाउने भएको छ ।

पोखरा उडानमा रहेको नाइनएन एटिआर–७२ जहाज अवतरणको क्रममा हिजो पोखरामा भएको दुर्घटनामा ७२ जना सहित नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएकोमा महासङ्घले सोमवार देखी १३ दिन सम्म शोक मनाउने भएको हो ।

महासङ्घका केन्द्रीय, प्रदेश, जिल्ला सबै कार्यालयहरू बन्द गरी १३ दिन सम्म शोक सभा बाहेक अन्य कुनै पनि औपचारिक कार्यक्रम नगरी शोक मनाउने भएको हो ।

तेह्र दिन सम्म महासङ्घको कार्यालयमा शोक पुस्तिका राखिने निर्णय अनुसार सुनसरीमा धरान–१३ अमर हाट स्थित पत्रकार महासङ्घको कार्यालयमा शोक पुस्तिका राखिएको छ ।

दुर्घटनामा निधन भएका महासंघ केन्द्रीय सदस्य ३७ वर्षीय पौडेल पोखराबाट प्रकाशित हुने ुहटलाइनु दैनिकका प्रकाशकरसम्पादक थिए । उनले अन्नपूर्ण एफएम र नेपाल टेलिभिजनमा रहेर पनि पत्रकारिता गरेका थिए । पत्रकार महासङ्घको २६ महाधिवेशनबाट पौडेल केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

उनी महासङ्घको गण्डकी प्रदेश समितिका पहिलो अध्यक्ष, कास्की शाखाका उपाध्यक्ष तथा त्यसअघि दुई पटक शाखा सचिव रहेर महासङ्घमा संलग्न थिए ।

महासंघ केन्द्रीय कार्यालयले शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन भएका पौडेल सहित सबैको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic