बुढासुब्बा गोल्डकप फागुन १३ देखि हुने

  • माघ ३, २०७९
  • १,५०६ पटक पढिएको
  • छाल खबर
alt फायल तस्विर

छाल खवर
धरान,३ माघ ः धरानमा हुदै आएको अन्तरर्राष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण आगामी फागुन दोस्रो सातादेखि हुने भएको छ । 

प्रतियोगिता आयोजक धरान फुटबल क्लबले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता आयोजना गर्ने वारे जानकारी गराएका हुन ।

क्लवका अध्यक्ष किशोर राईले २ बर्षदेखि हुन नसकेको प्रतियोगिताको २३ औं सँस्करण फागुन १३ देखि २० गतेसम्म आयोजना गर्ने विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

प्रतियोगितालाई सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमितिहरु पनि गठन गरिएको अध्यक्ष राईद्धारा विज्ञप्तीमा उल्लेख गरीएको छ ।

विज्ञप्तिका अनुसार अध्यक्ष किशोर राईको अध्यक्षतामा पदाधिकारीहरु रहेको सचिवालय गठन गरिएको छ ।

प्रतियोगितालाई थप प्रभावकारी वनाउन नविन राई संयोजक रहेको आर्थिक उपसमिति, प्रताप तामाङ संयोजक रहेको प्रचारप्रसार उपसमिति, सुदिप उप्रेती संयोजक रहेको मैदान व्यवस्थापन उपसमिति र रोमी मोक्तान संयोजक रहेको आयोजक टिम तयारी उपसमिति गठन भएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागीताको लागि काठमाण्डौंका एक डिभिजन क्लबहरु, भारत र मोफसलका उत्कृष्ट क्लबहरुसँग सम्पर्क भइरहेको तर निर्णय हुन बाँकी रहेको छ ।

२०५५ सालदेखि निरन्तर हुदै आएको बुढासुब्बा गोल्डकप विगत २ बर्ष यता भने हुन सकेको छैन ।

dharan-football-club

आइडल बोर्डिङ स्कुल,नोबेल एकाडेमी, र कार्मेल हाईस्क

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic