करेन्ट लगाएर सिकारीले मार्‍यो दुई गैँडा

  • माघ ७, २०७९
  • १,१६० पटक पढिएको
  • छाल खबर
alt फायल तस्बिर

छाल खबर

चितवन , ७ माघ ः । चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा चोरी सिकारीले मारेको अवस्थामा फोला परेको छ ।

शुक्रवार दिउसो साढे १२ बजे पूर्वी नवलपरासीको मध्य विन्दु नगरपालिका २ सीतापुर सेहेरी नजिकै नारायणी नदीको भङालोमा दुई वटा गैँडा मृत अवस्थामा फेला परेको हो । एउटा माउ गैँडा र एउटा भाले बच्चा गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । दिउसो गैँडा मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

माउ गैँडाकोट सिङ काटेर लगेको र बच्चाको भने सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । नारायणी नदी वारी घाँसमा चर्न आएको समय पारेर शुक्रवार बिहान सिकारीले गैँडा मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ ।

मृत गैँडा नजिक विद्युतीय तार रहेकाले गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने निकुञ्जले जानकारी दिएको छ । अन्य अनुसन्धानको काम भइराखेको कार्यालयले जनाएको छ । मृत यो गैँडा सहित चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९-०८० मा मर्ने गैँडाको सङ्ख्या १० वटा पुगेको छ ।

आइडल बोर्डिङ स्कुल,नोबेल एकाडेमी, र कार्मेल हाईस्क

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic