नेशनल एकेडेमीमा खेलकुद सप्ताह तथा क्याम्प फायर

  • माघ १०, २०७९
  • १,४५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० माघ ःनेशनल एकेडेमी धरानमा खेलकुद सप्ताह तथा क्याम्प फायर २०७९ शुरु भएकोछ ।

सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका सिइओ देवकुमार सुब्बाले सो को उद्घाटन गरेका थिए ।

खेलकुद सप्ताह तथा क्याम्प फायर आगामी शुक्रबारसम्म सञ्चालन हुने एकेडेमीका प्रिन्सिपल श्रीसिसा राईले वताए ।

प्रिन्सिपल राईका अनुसार खेलकुद सप्ताह अन्तर्गत इलेमेन्टरी अप्पर (कक्षा ५ देखि ८) र सेकण्डरी लेभल (कक्षा ९ देखि १२) तर्फ भलिबल, फुटबल, चेस, ब्याडमिन्टन, टेबल टेनिस, एथलेटिक्स आदी खेलहरु समावेश गरिएका छन् ।

1 photf national सप्ताहमा पहिलो दिन सोमवार चेस प्रतियोगिता आयोजना भएको थियो । यसैगरी इलेमेन्टरी लोवर (कक्षा १ देखि ४) र मन्टेश्वरी (कक्षा पिजी देखि युकेजी) सम्म चम्चा दौड, चकलेट दौड र भ्यागुता दौड आयोजना गरिएको थियो । सप्ताहभरि प्रत्येक दिन फरक फरक खेलहरु आयोजना गरिने विद्यालयका प्रिन्सिपल श्रीशीशा राईले जानकारी दिएकाछन् ।

यसैगरी क्याम्प फायर २०७९ सोमबार नै शुरु भएको छ । विहान खेलकुद सप्ताह र दिउँसो क्याम्प फायर सम्पन्न गर्ने गरी कार्यक्रम तय गरेको नेशनल एकेडेमीले पहिलो दिन सोमबार फेशन एण्ड मोडलिङको प्रयोगात्मक अभिमुखिकरण सम्पन्न गरेको छ ।

एकेडेमीका फेसन एण्ड मोडलिङका नियमित स्रोत व्यक्ति मिस नेशनल आइडल २०१८ का विजेता मेरिना तुम्सा लिम्बुले विद्यार्थीहरुलाई फेसन एण्ड मोडलिङ सम्बन्धि प्रयोगात्मक अभिमुखिकरण गराउनुभएको थियो ।

जाडोको मौसमलाई मध्यनजर गर्दै आगो ताप्ने र विभिन्न सिर्जनात्मक क्रियाकलापहरुमा विद्यार्थीहरुलाई सहभागी गराउन कार्यक्रम एकेडेमीले यस अवधिमा गर्नेछ ।

photo - 3 2

क्याम्प फायर अन्तर्गत माघ १० गते उसु सम्बन्धि प्रयोगात्मक अभिमुखिकरण गराइनेछ । त्यसैगरी वक्तृत्वकला, गायन, नृत्य, चित्रकला, अभिनय आदीका प्रयोग र अभिमुखिकरण क्याम्प फायर अन्तर्गत गराइनेछ । प्रत्येक दिन उक्त विषयक्षेत्रमा अनुभव प्राप्त व्यक्तित्वहरुद्धारा प्रयोगात्मक अभिमुखिकरण गराइनेछ ।

क्याम्प फायर अन्तर्गत नै यसवर्षको सरस्वती पूजा समेत फरक ढङ्गले आयोजना गरिने प्रिन्सिपल राईले जानकारी दिए ।

सरस्वती पूजाका अवसरमा नयाँ विद्यार्थीहरुलाई भर्नामा पुर्ण रुपमा छुट गरिएको उहाँले जानकारी दिएकाछन ।

विद्यार्थीहरुका आन्तरिक प्रतिभाहरुलाई प्रष्फुटन गराउने, विद्यार्थीहरुलाई नयाँ सिप र कौशल सिकाउने साथै सामाजिक व्यवहार तथा संस्कार सिकाउने उद्धेश्यले क्याम्प फायर आयोजना गरिएको प्रिन्सिपल राईले बताए ।
नेशनल एकेडेमी प्रदेश नं. १ कै पहिलो र एकमात्र आइएसओ मान्यता प्राप्त शिक्षण संस्था हो ।

photo = 4 2 photo= 2

 

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic