वन उपभोक्तालाई रेकर्ड किपिङ र लेखा व्यवस्थापन तालिम

  • माघ १७, २०७९
  • ३,१३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघ ः धरान क्षेत्रका सब डिभिजन बन कार्यालय, बिष्णुपादुका, धरानले सामुदायिक वनका पदाधिकारीहरुलाई एक दिने रेकर्ड किपिङ तथा लेखा व्यवस्थापन तालिम दिएको छ ।

कार्यालयले १६ वटा सामुदायिक वन उपभोक्ता समूहका १६ वटा सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति, सल्लाहकार समितिलाई सो तालिम दिएको हो ।

तालिममा ५० जनाको सहभागीता रहेको थियो।

ban photo final 1

तालिममा सहभागीहरूलाई बैठक सञ्चालन,रेकर्ड किपिङ, पत्राचार, फाईलिङ, माइन्युट लेखन, अभिलेख व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो ।

त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि निर्देशिका, २०७३ बमोजिम सामुदायिक वनहरूले राख्नुपर्ने विभिन्न प्रकारका खाता, योजना तर्जूमा, बजेट विनियोजन, कार्यसञ्चालन, विकास कामको रेखदेख, जाँचपास लगायतका विषयमा अनुशिक्षण गरिएको सब डिभिजन प्रमुख विक्रम अमात्यले जानकारी दिएकाछन् ।

सहभागीहरुले तालिमले आगामी दिनमा उपभोक्ता समूहको रेकर्ड किपिङ, लेखा व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने बताएकाछन् ।

तालिम हरियाली सामुदायिक वन उपभोक्ता समूह, धरान १९ को सभाहलमा सम्पन्न भएको थियो ।

ban photo = 2

डिपो कपमा तीन स्कुल विजयी

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic