एनआरएनएलाई विराटनगरका मेयर कोइरालाको आग्रह

  • माघ २५, २०७९
  • ३,४९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ माघ ः
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न अमेरिकामा बसोबास गर्ने विराटनगरवासी गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेका छन् ।

बुधबार बिहान जुम मिटिङलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको विकासमा विराटनगरमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका एनआरएनहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

“विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेका छौं हामी,” मेयर कोइरालाले भने, “यो अभियानमा त्यहाँ बसेर पनि तपाईंहरूले सहयोग गर्न सक्नुहुन्छ । विराटनगरवासी धेरै नै हुनुहुन्छ त्यहाँ । सहयोगका लागि तपाईंहरूले अभियान नै सञ्चालन गरिदिनुप¥यो ।”

औद्योगिक र राजनैतिक इतिहास बोकेको विराटनगर पछिल्लो समय पछि परेको बताउँदै मेयर कोइरालाले अब विराटनगरलाई यथास्थितिमा राख्न नदिने उद्घोष गरे ।

उनले अमेरिकामा बसोबासका क्रममा प्राप्त गरेको ज्ञान, अनुभव र सीपलाई विराटनगरको विकासमा प्रयोग गरिदिन आग्रहसमेत गरे ।

इजरायलको विकासको उदाहरण दिँदै मेयर कोइरालाले भने, “अहिले इजरायलले जुन विकास गरेको छ, त्यसमा विदेशमा बसोबास गर्ने इजरालीहरूको ठूलो योगदान रहेको छ ।”

बैठकमा सहभागी एनआरएनएहरूले विराटनगरको शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको अमेरिकामा कार्यक्रमको संयोजन गर्ने सोमनाथ घिमिरेले जानकारी दिए ।

आफूले प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विराटनगरको विकासमा प्रयोग गर्न तयार रहेको बैठकमा सहभागीहरूले बताएका थिए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic