एनआरएनएलाई विराटनगरका मेयर कोइरालाको आग्रह

  • माघ २५, २०७९
  • ३,४३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ माघ ः
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न अमेरिकामा बसोबास गर्ने विराटनगरवासी गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेका छन् ।

बुधबार बिहान जुम मिटिङलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको विकासमा विराटनगरमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका एनआरएनहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

“विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेका छौं हामी,” मेयर कोइरालाले भने, “यो अभियानमा त्यहाँ बसेर पनि तपाईंहरूले सहयोग गर्न सक्नुहुन्छ । विराटनगरवासी धेरै नै हुनुहुन्छ त्यहाँ । सहयोगका लागि तपाईंहरूले अभियान नै सञ्चालन गरिदिनुप¥यो ।”

औद्योगिक र राजनैतिक इतिहास बोकेको विराटनगर पछिल्लो समय पछि परेको बताउँदै मेयर कोइरालाले अब विराटनगरलाई यथास्थितिमा राख्न नदिने उद्घोष गरे ।

उनले अमेरिकामा बसोबासका क्रममा प्राप्त गरेको ज्ञान, अनुभव र सीपलाई विराटनगरको विकासमा प्रयोग गरिदिन आग्रहसमेत गरे ।

इजरायलको विकासको उदाहरण दिँदै मेयर कोइरालाले भने, “अहिले इजरायलले जुन विकास गरेको छ, त्यसमा विदेशमा बसोबास गर्ने इजरालीहरूको ठूलो योगदान रहेको छ ।”

बैठकमा सहभागी एनआरएनएहरूले विराटनगरको शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको अमेरिकामा कार्यक्रमको संयोजन गर्ने सोमनाथ घिमिरेले जानकारी दिए ।

आफूले प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विराटनगरको विकासमा प्रयोग गर्न तयार रहेको बैठकमा सहभागीहरूले बताएका थिए ।

डिपो कपमा तीन स्कुल विजयी

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic