आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण

  • माघ २६, २०७९
  • १,६५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ माघ ः विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

महानगरले प्रदेश–१ सरकार र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमअन्तर्गत समुदायमा सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

विराटनगर–४ को खार्जीमा आयोजित समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासमेत सहभागी भए ।

सो अवसरमा मेयर कोइरालाले गुणस्तरीय र नियमित सेवा दिनलाई कर्मचारीहरूलाई निर्देशन दिए ।

नागरिक स्वस्थ भएमा मात्रै समाजको चौतर्फी विकास हुने उनले बताए । महानगरपालिकाले पनि स्वास्थ्य र शिक्षालाई उच्च महत्व दिएर काम गरिरहेको सुनाए । अभिमुखीकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा मेयर कोइरालाले जोड दिए ।

वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले सुनौलो हजार दिनको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सुनौलो हजार दिनलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताए । महानगरका १९ वटै वडामा कार्यक्रम सञ्चालन गरिने कोइरालाको भनाइ थियो ।

अभिमुखीकरण कार्यक्रममा पोषणको परिचय र महत्व, न्यून मातृ शिशु पोषणका असरहरू, पोषणचक्र, पोषणका लागि सुनौला हजार दिनको महत्व, मातृशिशु तथा बाल्याकालीन पोषण सुधारका लागि परिवारको भूमिका, उपयुक्त गर्भाधानको समय तथा गर्भानत्तरको महत्व, प्रि–कन्सेप्स्सनल फोलिक एसिड र पोस्ट फोलिकको महत्व बारेमा जानकारी गराइएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए ।

सुनौलो हजार दिन भन्नाले गर्भधारण गरेदेखि बच्चा दुई वर्षको नहुञ्जेलसम्मको समयलाई मानिने अलीले बताए ।

“यो अवस्था भनेको अत्यन्तै महत्वपूर्ण समय हो,” प्रमुख अलीले भने, “आमा र बच्चाको स्वास्थ्यका लागि यो अवस्थामा सुरुको चार हप्तादेखि आठ हप्ताको समय पेटभित्रको बच्चाको मेरुदण्ड बनिसकेको हुन्छ । यस अवस्थामा फोलिक एसिडको कमी भएमा जन्मने बच्चामा जन्मदोष देखा पर्दछ ।”

उनका अनुसार जन्मेदेखि दुई वर्षको उमेरमा बच्चाको ८० प्रतिशत दिमागको विकास भइसकेको हुन्छ । अलीले यो अवस्थामा उचित पोषण तथा फोलिक एसिडको सेवनको अत्यन्त महत्व हुने हुने बताए ।

महानगरले हरेक वडामा ३ स्थानमा गरी १९ वडामा ५७ स्थानमा सुनौलो हजार दिनसम्बन्धी अभिमुखीकरण सञ्चालन गर्नेछ ।

डिपो कपमा तीन स्कुल विजयी

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic