आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण

  • माघ २६, २०७९
  • १,७०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ माघ ः विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

महानगरले प्रदेश–१ सरकार र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमअन्तर्गत समुदायमा सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

विराटनगर–४ को खार्जीमा आयोजित समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासमेत सहभागी भए ।

सो अवसरमा मेयर कोइरालाले गुणस्तरीय र नियमित सेवा दिनलाई कर्मचारीहरूलाई निर्देशन दिए ।

नागरिक स्वस्थ भएमा मात्रै समाजको चौतर्फी विकास हुने उनले बताए । महानगरपालिकाले पनि स्वास्थ्य र शिक्षालाई उच्च महत्व दिएर काम गरिरहेको सुनाए । अभिमुखीकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा मेयर कोइरालाले जोड दिए ।

वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले सुनौलो हजार दिनको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सुनौलो हजार दिनलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताए । महानगरका १९ वटै वडामा कार्यक्रम सञ्चालन गरिने कोइरालाको भनाइ थियो ।

अभिमुखीकरण कार्यक्रममा पोषणको परिचय र महत्व, न्यून मातृ शिशु पोषणका असरहरू, पोषणचक्र, पोषणका लागि सुनौला हजार दिनको महत्व, मातृशिशु तथा बाल्याकालीन पोषण सुधारका लागि परिवारको भूमिका, उपयुक्त गर्भाधानको समय तथा गर्भानत्तरको महत्व, प्रि–कन्सेप्स्सनल फोलिक एसिड र पोस्ट फोलिकको महत्व बारेमा जानकारी गराइएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए ।

सुनौलो हजार दिन भन्नाले गर्भधारण गरेदेखि बच्चा दुई वर्षको नहुञ्जेलसम्मको समयलाई मानिने अलीले बताए ।

“यो अवस्था भनेको अत्यन्तै महत्वपूर्ण समय हो,” प्रमुख अलीले भने, “आमा र बच्चाको स्वास्थ्यका लागि यो अवस्थामा सुरुको चार हप्तादेखि आठ हप्ताको समय पेटभित्रको बच्चाको मेरुदण्ड बनिसकेको हुन्छ । यस अवस्थामा फोलिक एसिडको कमी भएमा जन्मने बच्चामा जन्मदोष देखा पर्दछ ।”

उनका अनुसार जन्मेदेखि दुई वर्षको उमेरमा बच्चाको ८० प्रतिशत दिमागको विकास भइसकेको हुन्छ । अलीले यो अवस्थामा उचित पोषण तथा फोलिक एसिडको सेवनको अत्यन्त महत्व हुने हुने बताए ।

महानगरले हरेक वडामा ३ स्थानमा गरी १९ वडामा ५७ स्थानमा सुनौलो हजार दिनसम्बन्धी अभिमुखीकरण सञ्चालन गर्नेछ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic