सामाजिक संस्थामा राजनीति हुनु हुदैन– मन्त्री चौधरी

  • माघ २८, २०७९
  • ३,४२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ माघ ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवति चौधरीले समाजसेवा गर्ने संस्थामा राजनीति गर्नु नहुने बताएकीछिन् ।

नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको ४८ औ जिल्ला सभाको उद्घाटनका अवसरमा बोल्दै मन्त्री चौधरीले सो कुरा वताएकी हुन् ।

मन्त्री चौधरीले रेडक्रस जस्तो संवेदनशील संस्थामा राजनीति गर्नु नहुनेमा जोड दिएकी थिइन ।

रेडक्रसको केन्द्रीय कार्यालयमा भएको विवादको प्रसंगमा मन्त्री चौधरीले विसुद्ध सामाजिक संस्थामा यस्तो हुनु राम्रो नभएको बताइन ।

उनले सामाजिक कार्यकालागि नेपाल सरकारले रेडक्रसलाई ठूलो अधिकार प्रदान गरेको बताउदै रेडक्रसलाई ऐन, कानुनभित्र ल्याउन नसके विकराल अवस्था सिर्जना हुने दावी समेत गरेकीथिइन ।

उनले जोखिममा पर्ने, द्वन्द्धमा पर्ने, बाढीपिडितमा पर्ने जोकोहीको उद्धार गर्दै आएको र यस्ता समयमा गर्ने कामलाई अझ प्रभावकारी बनाउदै जानुपर्नेमा जोड दिएकी थिइन ।

यस्तै नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले सुनसरी शाखाले विपत्तका समयामा धेरै काम गरेको दाबी गरेका थिए ।

कार्यक्रममा सुनसरी क्षेत्र नं १ का प्रदेश १ का सांसद रमेशकुमार बस्नेत, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुनसरी जिल्लाका प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

 

डिपो कपमा तीन स्कुल विजयी

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic