पब्लिकमा युवा नेतृत्व सेमिनार

  • फागुन ९, २०७९
  • ३,४५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ फागुनः युवा बिद्यार्थीहरुको नेतृत्व बिकास गरि राष्ट्रको सुयोग्य नागरिक बनाउने उद्येस्यले गत शुक्रबार बाट सुरु भएको ५ दिवसिय युवा नेतृत्व बिकास सम्बन्धि सेमिनार मङ्गलबार सम्पन्न भएको छ।

शान्तिका लागि विद्यार्थी र युवा सम्बन्धि अन्तरराष्ट्रीय सङ्घद्वारा पब्लिक हाई स्कुलमा आयोजित सेमिनारमा सङ्घका अध्यक्ष धर्मी भुसाल कामना, सङ्घका प्रदेस नम्बर १ सम्योजक राम बहादुर लिम्बू, राजेन्द्र मुर्ती पन्त, लोक बहादुर गिरि, मोहन श्रेष्ठ, राम प्रसाद खरेल, गगन श्रेष्ठ र राजेश बिद्रोहीले सहजिकरण गरेका थिए ।

सेमिनार अवधिभर प्रशिक्षकहरुले नेतृत्व बिकास, सकारात्मक सोच, परीक्षामा राम्रो अन्क ल्याउन पढ्ने तरिका, प्रतिबेदन लेखन लगायतका बिषयमा प्रशिक्षण दिए।सेमिनारमा कक्षा(११ र १२ गरि ३८ जना बिद्यार्थीहरु सहभागी थिए।

छात्रा प्रियन्का ठाकुरले स्कुल र घरमा सिक्न नपाएको कुरा सेमिनारमा सिक्न पाउँदा खुशी लागेको अनुभव सुनाईन।

अर्का छात्र सन्दिप जिमिले सेमिनार बाट जीवनमा नया कुरा सिकेको अनुभव सुनाए।छात्रारछात्र कन्चन सुवेदी र मुस्कान लिम्बुले सेमिनार निक्कै उपलब्धिमुलक भएको अनुभव सुनाए। समापन कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका सहायक प्र.अ.लेखनाथ भट्टराईले बिद्यार्थीहरु अब्बल, सक्षम र नेतृत्व गर्न सक्ने बनाउने उद्येस्यले सेमिनारको आयोजना गरिएको बताए। शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किरातिले सैद्धान्तिक र ब्यबहारिक शिक्षा फरक पाटो भएकाले दुबैलाई समायोजन गरेर लानु पर्नेमा जोड दिए।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्कीले बिद्यार्थीहरुको चौतर्फी बिकास गर्नको लागि बिद्यालय सधै लागि पर्ने बताए। सेनिनारमा सहभागी बिद्यार्थीहरुलाई धरान नगरपालिकाका उप–प्रमुख बेघाले प्रमाण–पत्र बितरण गरे।कार्यक्रमको सन्चालन सेमिनार सम्योजक राम बहादुर लिम्बुले गरे।

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic