पब्लिकमा युवा नेतृत्व सेमिनार

  • फागुन ९, २०७९
  • ३,५०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ फागुनः युवा बिद्यार्थीहरुको नेतृत्व बिकास गरि राष्ट्रको सुयोग्य नागरिक बनाउने उद्येस्यले गत शुक्रबार बाट सुरु भएको ५ दिवसिय युवा नेतृत्व बिकास सम्बन्धि सेमिनार मङ्गलबार सम्पन्न भएको छ।

शान्तिका लागि विद्यार्थी र युवा सम्बन्धि अन्तरराष्ट्रीय सङ्घद्वारा पब्लिक हाई स्कुलमा आयोजित सेमिनारमा सङ्घका अध्यक्ष धर्मी भुसाल कामना, सङ्घका प्रदेस नम्बर १ सम्योजक राम बहादुर लिम्बू, राजेन्द्र मुर्ती पन्त, लोक बहादुर गिरि, मोहन श्रेष्ठ, राम प्रसाद खरेल, गगन श्रेष्ठ र राजेश बिद्रोहीले सहजिकरण गरेका थिए ।

सेमिनार अवधिभर प्रशिक्षकहरुले नेतृत्व बिकास, सकारात्मक सोच, परीक्षामा राम्रो अन्क ल्याउन पढ्ने तरिका, प्रतिबेदन लेखन लगायतका बिषयमा प्रशिक्षण दिए।सेमिनारमा कक्षा(११ र १२ गरि ३८ जना बिद्यार्थीहरु सहभागी थिए।

छात्रा प्रियन्का ठाकुरले स्कुल र घरमा सिक्न नपाएको कुरा सेमिनारमा सिक्न पाउँदा खुशी लागेको अनुभव सुनाईन।

अर्का छात्र सन्दिप जिमिले सेमिनार बाट जीवनमा नया कुरा सिकेको अनुभव सुनाए।छात्रारछात्र कन्चन सुवेदी र मुस्कान लिम्बुले सेमिनार निक्कै उपलब्धिमुलक भएको अनुभव सुनाए। समापन कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका सहायक प्र.अ.लेखनाथ भट्टराईले बिद्यार्थीहरु अब्बल, सक्षम र नेतृत्व गर्न सक्ने बनाउने उद्येस्यले सेमिनारको आयोजना गरिएको बताए। शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किरातिले सैद्धान्तिक र ब्यबहारिक शिक्षा फरक पाटो भएकाले दुबैलाई समायोजन गरेर लानु पर्नेमा जोड दिए।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्कीले बिद्यार्थीहरुको चौतर्फी बिकास गर्नको लागि बिद्यालय सधै लागि पर्ने बताए। सेनिनारमा सहभागी बिद्यार्थीहरुलाई धरान नगरपालिकाका उप–प्रमुख बेघाले प्रमाण–पत्र बितरण गरे।कार्यक्रमको सन्चालन सेमिनार सम्योजक राम बहादुर लिम्बुले गरे।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic