तरहरा सेउतीपुल सडक वनाउन इटहरी नगरपालिकाको पत्राचार

  • फागुन १०, २०७९
  • ४,२५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० फागुन ः इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउती सम्मको बाटो छिटो निर्माणमा ढिलासुस्ती भएको भन्दै तत्काल सडक निर्माण गर्न सम्वन्धित निकायको ध्यानाकषण गराएको छ ।
उपमहानगरपालिकाले आयोजना प्रमुखलाई बुधवार पत्रचार गर्दै तत्काल सडक निर्माण गर्न ध्यानाकर्षण गराएको हो ।
सडक निर्माण कार्य सुस्त गतिमा हुदा दैनिक सर्वसाधरणले सास्ती वेहोर्नु परेकोले बाटो छिटो भन्दा छिटो निर्माण गर्न गर्न पत्रचार गरेको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण ढिलो भएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन ।

संघीय सरकारको मातहतमा उक्त राजमार्ग भएकाले छिटो भन्दा छिटो बनाउन छ लेन सडक आयोजनालाइ पत्रचार गरेको हो । बाटो खराब हुदा सर्वसाधरणले आवतजावतमा जटिल समस्या भोग्नु परेको छ ।

यस अघि पनि नगर प्रमुख पौडेलले स्थलगत अनुगमन गरि छिटो बाटो बनाउन अनुरोध गर्दा पनि निर्माणको काम अघि नबढेको भन्दै पत्रचार गरेको हो । बारम्बार ताकेता गर्दा पनि सडक निर्माणको काममा ढिलो भएको भन्दै मेयर पौडेलले रोकिएको काम तत्काल अगाडि बढाइदिन आग्रह सहित पत्रचार गरेको हो।
सडक निर्माणमा ढिलाई मात्र नभएर सडक खनेर अलपत्र पारेकोले सडकमा भएको खाल्डा खुल्डीका कारण दैनिक सयौंको संख्या साना सवारी चालकहरु दुर्घटना परी घाइते हुने गरेकाछन् ।

सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । यो सडक निर्माण आर्थिक वर्ष २०७५र२०७६ भित्र गरिसक्नु पर्ने थियो ।
सेउतीबाट धरानको तीनकुनेसम्मको ठेकदारले भने सडक निर्माण गरीसकेको छ । त्यो सडक भन्दा पानीपिया सेउतीको सडक  निर्माण कार्यको शुरुवात पहिला भएको थियो ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic