नेवार एकता समाजको अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

  • फागुन १४, २०७९
  • ४,८४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५,फागुन ः धरानमा सिंगो नेवार समुदायको नेतृत्व गर्न सफल नेवारहरुको संस्था नेवार एकता समाजको केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएकाछन् ।

शनिवार भएको निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित वनेका हुन् ।अध्यक्षमा श्रेष्ठको मात्र उमेद्वारी परेको थियो ।

यस अघि उपाध्यक्ष र संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयनका लागि पूर्व अध्यक्ष विशाल श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेशमान श्रेष्ठले समेत पहल गरेका थिए ।

त्यसैगरी १० जना सदस्य पदका लागि १८ जनाको उम्मेद्वारी परेको थियो । ७ जनाले उम्मेद्वारी फिर्ता लिएपछि १० जना सर्वसम्मत निर्वाचित भएका थिए ।

निर्वाचित सदस्यहरुमा सुमन श्रेष्ठ, सुरेन्द्र स्थापित, हिमाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, विद्या शाक्य,मन्जुला श्रेष्ठ, विष्णु श्रेष्ठ ९सुन्दरी०मोहन श्रेष्ठ,हरीकृष्ण श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शरदरत्न पार्थिवले जानकारी दिएकाछन् ।

निर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो जाति समुदायको भाषिक, सास्कृतिक राजनीतिक अधिकारको पक्षमा आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।

उनले कुनै पनि संस्था वा संगठन एक्लैले संचालन गर्न नसकिने वताउने संस्थालाई चलाएमान वनाउनको लागि टिमको महत्वपूर्ण भूमिका हुने भएकोेले सवैको सहयोग लिएर संस्थालाई अघि वढाउने वताएकाछन् ।

श्रेष्ठले संस्थाले यस अघि गरेका कामहरुलाई संस्थागत गर्दै नया योजनाका साथ अघि वढने थप प्रतिवद्धता जनाएकाछन् ।

निर्वाचित सदस्यहरुमध्ये बाट एक महिला उपाध्यक्ष, २ पुरुष उपाध्यक्ष, १ महासचिव र १ सचिव र १ कोषाध्यक्ष चयन गरीने व्यवस्था विधानमा रहेको रहेको छ ।

निर्वाचित कार्यसमितिले १० जना मनोनित गरी २१ जनाको कार्यसमिति रहनेछ ।

निर्वाचित कार्यसमितिको पदस्थापना चैत ४ गतेका लागि तय गरीएको छ ।

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic