नेवार एकता समाजको वार्षिक कार्यक्रम सार्वजनिक जग्गा खरीद र भवन निर्माण सहित सामाजिक सचेचना समेत गरीने

  • चैत १७, २०७९
  • ४,३८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ चैत ः नेवार एकता समाज केन्द्रीय समितिले आफ्नो वार्षिक नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

समाजले विहिवार धरानमा पत्रकार सम्मेलन गर्दै आफ्नो वार्षिक कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

समाजका अध्यक्ष महेश श्रेष्ठले समाजले पहिलो चरणमा बालबालिका तथा किशोर, किशोरी विकाश सम्बन्धी सङ्घ, संस्थाहरूसँग समन्वय गरेर विद्यालय तथा जनस्तरमा जनचेतना मूलक कार्यक्रम गर्नेकार्यक्रम तय भएको जानकारी दिएकाछन् ।

विपन्न तथा असहाय उच्चशिक्षा अध्ययन अध्ययनबाट वञ्चित युवा, बालबालिकालाई अध्ययन गर्ने व्यवस्था तथा बालबालिकालाई नियमित विद्यालय पठाउन अभिभावकलाई अभिप्रेरित गर्ने अभियान सञ्चालन गर्नेछ ।

दोस्रो चरणमा मादक पदार्थ तथा धूम्रपान विक्री वितरण गर्नेलाई कानुनी रूपमा बन्देज गराई कारबाही गराउन स्थानिय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलाई ज्ञापन पत्र बुझाउने, लबिङ गर्ने लगायतका दबाब मूलक अभियान सञ्चालन गर्नेछ ।

वृद्धवृद्धालाई सम्मानित गरी जीवन सार्थक बनाउने कार्यक्रममा सहभागी गराउने भएको छ । वडा टोल कमिटीहरूसँग सहकार्य गरी उनीहरूको अवस्थाका बारेमा सर्वेक्षण गरी कार्यक्रम तय गरिने बताइएको छ ।

नेवार समुदायका अन्तरजातीय वैवाहिक सम्बन्धमा रहेका चेलीहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई सङ्गठित गर्दै सशक्तीकरण गरिने छ । उनीहरूको पारिवारिक, सामाजिक अवस्थाको तथ्याङ्क गरी न्यायिक सुरक्षाका लागि समाजले अभिभावकत्व ग्रहण गर्ने छ ।

जग्गा खरीद तथा भवन निर्माणका लागि पनि संस्थाले कार्यक्रमहरु अघि वढाइने भएको छ ।

नेवार परिवार र समाजमा जन्मदेखि मृत्युसम्मका संस्कार नेवारी परम्परा र विधि अनुसार गराउन सचेतना गराउने,उद्योग तथा व्यवसायलाई परामर्श र नयाँ व्यवसाय स्थापना गर्ने अभियान समाजले सञ्चालन भएको छ ।

१६ वर्ष भन्दा कम उमेरका किशोर, किशोरीलाई मादक पदार्थ एवं धूम्रपानका वस्तु बिक्री वितरणमा सरकारी तहबाट बन्देज गराउन पहल गर्ने भएको छ ।

हाल धरानका वडाहरूमा विस्तार भएको समाजको सङ्गठन विस्तार गरेर प्रदेश स्तरीय बनाउने लक्ष्य राखिएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा जरी विज्ञप्ति अनुसार तत्कालीन माओवादी द्वन्द्व, जातीय मुक्ति आन्दोलनमा ओखलढुङ्गामा उज्जैन श्रेष्ठ, गणेश श्रेष्ठ ,धरानमा खगेन्द्र श्रेष्ठको हत्या भएपछि जातीय संस्था र दलको आवरणमा धम्कीलाई दुरुत्साहन गर्न समाजको स्थापना भएका हो ।

पत्रकार सम्मेलनमा समाजका संस्थापक सभापति राजेशमान श्रेष्ठ उपस्थित थिए । उनको नेतृत्वमा धरानका सचेत नेवार समुदायले २०६८ सालमा समाजको स्थापना भएको हो । यसअघि नेवा पत्रकार दबुको सडक सङ्घर्षले यसको पृष्ठभूमि तयार गरेको विज्ञप्तिमा उल्लेख छ ।

समाजको २२ वटा समितिमा कुन समितिको संयोजकमा को को ?

अन्तर्राष्ट्रिय जन सम्पर्क समिति संयोजकमा सुजाता श्रेष्ठ
राष्ट्रिय जन सम्पर्क समिति संयोजकमा दीपेन्द्र श्रेष्ठ कसजू
सङ्घसंस्था समन्वय समिति संयोजकमा सुरेन्द्रमान स्थापित

व्यवसाय प्रवर्द्धन तथा परामर्शमा संयोजकमा दिनेश श्रेष्ठ
जन स्वास्थ्य सेवा समिति संयोजकमा हरिकृष्ण श्रेष्ठ
भाषा, साहित्य तथा कला प्रवर्द्धन समिति संयोजकमा प्रदीप श्रेष्ठ

संस्कार तथा संस्कृति प्रवर्द्धन समिति संयोजकमा विद्या शाक्य

शिक्षा तथा छात्रवृत्ति प्रवर्द्धन समिति संयोजकमा अतुल श्रेष्ठ
प्रवक्ता तथा पत्रकार समन्वय समिति संयोजकमा भोला श्रेष्ठ

क्षमता अभिवृद्धि तथा सिप विकाश समिति संयोजकमा राजकुमार श्रेष्ठ,
रोजगार सृजना तथा प्रवर्द्धन समिति संयोजकमा देवप्रसाद श्रेष्ठ
वृध्दवृध्दा एवं असहाय सेवा समिति संयोजकमा सोहन ताम्राकार

महिला विकाश तथा सेवा समिति मञ्जुला श्रेष्ठ (मञ्जु)
युवा विकाश तथा सेवा समिति संयोजकमा हिमाल श्रेष्ठ
बालबालिका तथा किशोर किशोरी विकाश समिति संयोजकमा पुष्पा प्रधान 
घरेलु उद्योग समन्वय तथा बजार प्रवर्द्धन समितिको संयोजकमा सुरज शाक्य
नेतृत्व क्षमता अभिवृद्धि तथा समन्वय समिति संयोजकमा मोहन श्रेष्ठ
सङ्गठन विस्तार तथा व्यवस्थापन समिति संयोजकमा सुमन श्रेष्ठ
आर्थिक व्यवस्थापन तथा प्रवर्द्धन समिति संयोजकमा विष्णु श्रेष्ठ सुन्दरी
कानुनी परामर्श तथा सामाजिक मेलमिलाप समिति सोहन ताम्रकार
बुद्धिजीवी समन्वय समितिमा संयोजकमा संरक्षक एवम पूर्व अध्यक्ष विशाल श्रेष्ठ
अक्षय कोष प्रवर्द्धन परिचालन समिति संयोजकमा निवर्तमान अध्यक्ष राजेशमान श्रेष्ठ रहेका छन् ।
संस्थाको वार्षिक कार्यक्रमहरुलाई सफल वनाउनको लागि विभिन्न समितिको संयोजकको जिम्मेवारी दिइएको प्रवत्ता भोला श्रेष्ठले जानकारी दिएकाछन् ।

समितिको पदाधिकारीको जिम्मेवारी वाडफाड समेत गरीएको छ ।

पदाधिकारीहरुमा को को ?

समाजको विधान अनुसार १ अध्यक्ष र १० जना सदस्य गरी ११ जना प्रत्यक्ष निर्वाचन मार्फत निर्वाचित हुने र समितिको वैठकबाट पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ ।

जसमा प्रथम उपाध्यक्षमा सुरेन्द्रमान स्थापित, उपाध्यक्षद्धयमा हिमाल श्रेष्ठ र मन्जुला श्रेष्ठ (मन्जु) महासचिवमा दिपेन्द्र श्रेष्ठ कसजु, सचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा विष्णु श्रेष्ठ (सुन्दरी ) चयन भएकाछन् भने प्रवक्तामा भोला श्रेष्ठ चयन भएकाछन् । श्रेष्ठ नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव समेत हुन । अध्यक्ष पदमा भने महेश श्रेष्ठ यस अघि नै निर्वाचित भईसकेकाछन् ।

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

छाल खवरधरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीह ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic