सिटिजन्स् बैंकको १६ औं स्थापना दिवसमा रक्तदान र स्वास्थ्य शिविर

  • वैशाख ७, २०८०
  • १,४४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ वैशाखः सिटिजन्स् बैंक इन्टरनेसनल लि. धरान शाखाले बैंकको १६ औं वार्षिक उत्सवका अवसरमा विहिवार निःशुल्क स्थास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

बैंकले विराट मेडिकल सेन्टरको प्राविधिक सहयोगमा निःशुल्क स्थास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

धरान १७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयको भवनमा आयोजित कार्यक्रममा १५० जनाले स्त्रीरोग, नाक÷कान÷घाटी, जनरल मेडिसिन विभागसँग सेवा तथा परामर्श लिएकाछन् भने सुगर, प्रेशर तथा रगत परिक्षण गराएको धरान शाखा प्रमुख तोर्ण बहादुर कार्कीले जानकारी दिएकाछन् ।

कार्यक्रममा वैंकका कोशी प्रदेश प्रमुख प्रदिप सेडाँइको समेत उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा विभिन्न रोगसँग सम्बन्धित औषधीहरु समेत निःशुल्क रुपमा वितरण गरिएको कुरा सिटिजन्स् बैंक धरान शाखा प्रमुख तोर्ण बहादुर कार्कीले बताए ।

सोही वडाको रेल्वे चोकस्थित पिपल बोटछेऊ सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा समेत स्थानीय सेवाग्राहीहरुको उल्लेख्य सहभागिता रहेको सो रक्तदानमा ३९ पिन्ट रगत संकलन भएको कुरा विराट मेडिकल सेन्टर धरानका बजार व्यवस्थापक अपिल राईले जानकारी दिए ।

बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले ५० प्रतिशतसम्म छ्ुट पाउने गरी विराट मेडिकल सेन्टरसँग आपसी समझदारीपत्रमा हस्ताक्षर समेत गरेको छ ।

सिटिजन्स् बैंकले आगामी दिनमा बैंकले नाफामुखी मात्र नभइ समाजलाई समेत सकारात्मक योगदान पुर्याउने गरी कार्यक्रम ल्याउने शाखा प्रमुख कार्कीले वताए ।

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic