स्कुललाई सहयोग गर्दै पूर्व विद्यार्थीद्धारा शुभकामना आदान प्रदान सम्पन्न

  • वैशाख ९, २०८०
  • १,२५८ पटक पढिएको
  • छाल खबर
alt

खेमबहादुर माझी
धरान,९ वैशाख ः धरान–१६ स्थित भगवति आधारभूत विद्यालयका पूर्व विद्यार्थीहरुको संगठन भगवति मिडिल स्कुल एलुम्नाई एशोसिएशनले नव वर्षको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ ।

 स्कुलको हलमा शनिवार आयोजित कार्यक्रममा पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

पूर्व विद्यार्थी उद्धव श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ समाजसेवी अधिवक्ता विश्वनाथ वास्तोला प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा २०१० सालमा विद्यालय स्थापना हुदा पहिलो भर्ना भएका विद्यार्थीहरु पूर्व माननीय हरीनाथ वास्तोला, पूर्व माननीय कुन्ता शर्मा, हरीप्यारा श्रेष्ठ, डा.नविन नेपाल, टोमप्रसाद आचार्य,  गोपाल वाग्ले,हरीकृष्ण आचार्यलाई सम्मान गरीएको थियो ।

सो कार्यक्रममा नविन नेपाल,हरीप्यारा श्रेष्ठ, वलराम मानन्धर, आइतीमाया तामाङ,अजुर्न वस्नेत, शिवकुमार भण्डारी, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व विद्यार्थी लिला श्रेष्ठले स्कुललाई नगद २१ हजार हस्तान्तरण गरेकी थिइन भने पूर्व विद्यार्थी रुद्र वास्तोला परिवारबाट स्कुललाई १ सय ५० थान कापी र १सय ५० थान डटपेन हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वर्तमान प्रधानाध्यापक अच्चुत पराजुली, पूर्व प्रधानाध्यापकहरु पदम बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा पूर्व शिक्षक अम्विका सुवेदी,सुशिला श्रेष्ठ, विमला श्रेष्ठको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल नेपालले संचालन गरेका थिए ।

342368532_645452487123173_4162390539326933730_n 342360445_874590854176789_607299093159888110_n 342360437_934610474348956_2074557532665725018_n 342650874_239781328715668_3267560911167684979_n 342367825_1314816106103031_7919715436483785703_n

 

 

 

 

 

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आ ...

भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्

छाल खवर धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भा ...

शिक्षक आन्दोलन २०८१ र नयाँ शिक्षा ऐन

देशभीरका शिक्षकहरू आज कक्षाकोठा छाडेर सरकारसँग नयाँ शिक्षा ऐन जारी गर्ने मा ...

लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

छाल खवर धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ ...

अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

छाल खवर धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic