जानकी सामुुदायिक टोल सुुधार समितिद्धारा निःशुल्क आँखा शिविर

  • वैशाख १६, २०८०
  • २,२७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ वैशाखःधरान,१६ वैशाखः जानकी सामुदायिक टोल सुधार समिति धरान–१३ ले निःशुल्क आखा शिविर सम्पन्न गरेको छ ।

धरान–१२मा रह्ेको सुुर्य आइ केयरको प्राविधिक सहयोगमा शनिवार शिविर सम्पन्न गरेको हो ।

विभिन्न सामाजिक काम गर्दै आएको जानकी टोल सुुधार समितिले यस पटक भने आखा शिविरको आयोजना गरेको समितिका अध्यक्ष वखतमान गुरुङले जानकारी दिएकााछन् ।

शिविरमा १७८ जनाले आँखा परिक्षण गराएको समितिका पूर्व अध्यक्ष दिलिप श्रेष्ठले जानकारी दिएकाछन् ।

उनका अनुसार १२ जनालाई मोतियाविन्दु देखिएको , ५ जनाको आँखा भित्र मासु पलाएकोले अप्रेसन गर्नुुपर्ने र अन्यको भने कसैलाई औषधि लगाएर ठिक हुने र कसैलाई चस्मा लगाउनुपर्ने अवस्था देखिएको थियो । शिविरबाट धरान–१३, २०, १६ का जनता लाभान्वित भएका थिए ।

शिविरमा चेकजाचका क्रममा आखामा समस्या भएकाहरुलाई निःशुल्क औपधि वितरण गरीएको थियो भने कसैलाई समस्यामा वारेमा जानकारी गराईको थियो । उद्घाटन समारोहको अध्यक्षता समितिका अध्यक्ष वखतमान गुरुङले गरेका थिए भने धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले प्रमुख अतिथि रहेका थिए ।

काफ्लेले समाज सेवा एक्लैले गरेर मात्र नहुने वताउदै समाजका सवै पक्ष मिलेर अघि वढनुपर्नेमा जोड दिएका थिए ।
समाजका सल्लाहकार शिवकुमार भण्डारीले सवै मिलेर काम गरेको खण्डमा समाजमा जस्तो सुकै काम पनि गर्न सकिने वताए ।

समितिका अध्यक्ष वखतमान गुरुङले समाजले यस अघि पनि सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिदै जाने वताए ।

कार्यक्रमको संचालन समाजका सचिव प्रताप गौतमले संचालन गरेका थिए ।

32 88 1 bb oo nn yy 1 20230429_113543

 

 

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic