विष्णु मेमोरीयलमा विद्यार्थीहरुको निर्वाचन

  • जेठ ५, २०८०
  • ४,२३८ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,५ जेठ ः विष्णु मेमोरीयल वोडिङ स्कुल धरान ९का विद्यार्थीहरुले प्रत्यक्ष रुपमा निर्वाचनको अभ्यास गरेकाछन् ।

स्कुलमा गठित जुनियर रेडक्रसको नेतृत्व चयनका लागि विद्यार्थीहरुले अन्य निर्वाचन सरह अभ्यास गरेका हुन् ।

रेडक्रस सर्कलको स्कुलमा गठित रहेको ११ सदस्यीय समिति गठनका लागि ४ समूहगरी ४४ जना विद्यार्थीहरु चुनावी मैदानका रहेको निर्वाचन अधिकृत भवानी खतिवडाले जानकारी दिनुभएको छ ।

खतिवडाका अनुसार सभापति,उपसभापति,सचिव,सहसचिव,कोषाध्यक्ष र ६ जना सदस्य पदका लागि ४ समूहको ४४ जना उम्मेद्वार मैदानका रहेका थिए ।

गत वर्ष मतपत्रमा टिक लगाउने तरीकाको मतपत्र भएपनि यसपटक समाजमा हुने निर्वाचनको झल्को हुने गरी स्वस्तिक छाप लगाएर मतदान गरीएको खतिवडाले वताउनुभयो ।

कक्षा ६ देखि १० सम्मका करिव ६ सय विद्यार्थीहरु मतदानमा सहभागी भएको खतिवडाले जानकारी दिनुभएको छ । निर्वाचनमा ९५ प्रतिशत मत खसेको थियो ।

मतगणना आइतवार सवै उम्मेद्वारको प्रतिनिधि राखेर मतगणना गरीने निर्वाचन अधिकृत खतिवडाले वताउनुभयो ।

विद्यार्थीैहरुलाई प्रजातान्त्रिक अभ्यास प्रत्यक्ष रुपमा सिकाउनका लागि निर्वाचनको अभ्यास गरीएको विद्यालयका प्रिन्सिपल निलम श्रेष्ठले जानकारी दिनुभयो ।

चुुनावको प्रकृया यसको चरणहरु र प्रजातान्त्रिक मुल्य मान्यतामा भोटको मान्यतामा भाृटको के महत्व छ र असल नेतृत्व चयन कसरी हुन्छ भन्ने व्यवहारीक रुपमा ल्याएर ज्ञान दिने उदेश्यले निर्वाचन गरीएको हो । यसबाट निर्वाचन सम्वन्धि सैद्धान्तीक र व्यवहारीक ज्ञान प्राप्त हुनेछ ।

 

 

 

डिपो कपमा तीन स्कुल विजयी

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic