विष्णु मेमोरीयलमा विद्यार्थीहरुको निर्वाचन

  • जेठ ५, २०८०
  • ४,२७३ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,५ जेठ ः विष्णु मेमोरीयल वोडिङ स्कुल धरान ९का विद्यार्थीहरुले प्रत्यक्ष रुपमा निर्वाचनको अभ्यास गरेकाछन् ।

स्कुलमा गठित जुनियर रेडक्रसको नेतृत्व चयनका लागि विद्यार्थीहरुले अन्य निर्वाचन सरह अभ्यास गरेका हुन् ।

रेडक्रस सर्कलको स्कुलमा गठित रहेको ११ सदस्यीय समिति गठनका लागि ४ समूहगरी ४४ जना विद्यार्थीहरु चुनावी मैदानका रहेको निर्वाचन अधिकृत भवानी खतिवडाले जानकारी दिनुभएको छ ।

खतिवडाका अनुसार सभापति,उपसभापति,सचिव,सहसचिव,कोषाध्यक्ष र ६ जना सदस्य पदका लागि ४ समूहको ४४ जना उम्मेद्वार मैदानका रहेका थिए ।

गत वर्ष मतपत्रमा टिक लगाउने तरीकाको मतपत्र भएपनि यसपटक समाजमा हुने निर्वाचनको झल्को हुने गरी स्वस्तिक छाप लगाएर मतदान गरीएको खतिवडाले वताउनुभयो ।

कक्षा ६ देखि १० सम्मका करिव ६ सय विद्यार्थीहरु मतदानमा सहभागी भएको खतिवडाले जानकारी दिनुभएको छ । निर्वाचनमा ९५ प्रतिशत मत खसेको थियो ।

मतगणना आइतवार सवै उम्मेद्वारको प्रतिनिधि राखेर मतगणना गरीने निर्वाचन अधिकृत खतिवडाले वताउनुभयो ।

विद्यार्थीैहरुलाई प्रजातान्त्रिक अभ्यास प्रत्यक्ष रुपमा सिकाउनका लागि निर्वाचनको अभ्यास गरीएको विद्यालयका प्रिन्सिपल निलम श्रेष्ठले जानकारी दिनुभयो ।

चुुनावको प्रकृया यसको चरणहरु र प्रजातान्त्रिक मुल्य मान्यतामा भोटको मान्यतामा भाृटको के महत्व छ र असल नेतृत्व चयन कसरी हुन्छ भन्ने व्यवहारीक रुपमा ल्याएर ज्ञान दिने उदेश्यले निर्वाचन गरीएको हो । यसबाट निर्वाचन सम्वन्धि सैद्धान्तीक र व्यवहारीक ज्ञान प्राप्त हुनेछ ।

 

 

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic