महिलालाई स्वरोजगार बनाउन वरमाला तालिम

  • असार १६, २०८०
  • ४,४९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असारः कोशी प्रदेश सभा सदस्य माननीय यशोदा कायस्थले देशको समृद्धिका लागि महिलाहरु उद्यमी हुन आवश्यक भएको वताउनु भएको छ ।

सिद्धि नेवाः परिषद् धरानले आयोजना गरेको सात दिने वरमाला, नरिवल सुपारी सजाउने तालिमको समापनका क्रममा सो कुरा वताउनु भएको हो ।

परिषदले असार १० गतेदेखि ७ दिने वरमाल, नरिवल सुपारी सजाउने तालिमको आयोजना गरेको थियो ।

धरान–७ स्थित सिद्धि नेवाः परिषद्मा संचालित तालिममा धरानका विभिन्न वडाका १८ जना महिलाहरु सहभागी भएका छन् ।
धरानका महिलाहरुलाई सशक्तिकरण गर्न र उनिहरुमा सीप बिकास गरी स्वरोजगर तथा व्यवसायी बनाउने उद्देश्यले तालिमको अयोजना गरिएको सिद्धि नेवाः परिषद्का अध्यक्ष राज विमल श्रेष्ठले बताउनु भयो ।

प्रदेश सरकारबाट युवा महिलाहरुको सशक्तिकरण र सीप विकास कार्यक्रम अन्तरगत धरान उपमहानगरपालिकालाई हस्तान्तरित बजेटबाट कार्यक्रम संचलन भएको हो ।

धरान उपमहानगरपालिकासँग सम्झौता गरी ५० हजारको वजेट सहयोगमा कार्यक्रम संचालन हुन लागेको परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

विवाह कार्यक्रममा नभई नहुने वरमाल नरिवल सुपारी सजाउने सीप सिक्न सके यसबाट राम्रो आम्दानी गर्न सकिने, घरको काम भ्याएर पनि उत्पादन गरी मासिक २५ हजार सजिलै कमाउन सकिने प्रशिक्षक जुली ताम्राकारको भनाई रहेको छ ।

कार्यक्रममा सहभागीहरुलाई प्रयोगात्मक रुपमा विभिन्न किसिमको वरमाल नै तयार गर्न लागाईएको थियो ।
सवैले तालिम अवधिमा नै वरमाला, नरिवल सुपारी सजाउने काम गरेकाले तालिम उपलब्धिपुलक भएको आर्थिक समिति संयोजक विनिता वज्रचार्यले प्रतिक्रिया दिनुभयो ।

कार्यक्रम धरान उपमहानगरपालिकाबाट अनुगमन र विभिन्न संघ सस्थाका पदाधिकारीहरुबाट अवलोकन भइरहेको छ ।

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic