महिलालाई स्वरोजगार बनाउन वरमाला तालिम

  • असार १६, २०८०
  • ४,४७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असारः कोशी प्रदेश सभा सदस्य माननीय यशोदा कायस्थले देशको समृद्धिका लागि महिलाहरु उद्यमी हुन आवश्यक भएको वताउनु भएको छ ।

सिद्धि नेवाः परिषद् धरानले आयोजना गरेको सात दिने वरमाला, नरिवल सुपारी सजाउने तालिमको समापनका क्रममा सो कुरा वताउनु भएको हो ।

परिषदले असार १० गतेदेखि ७ दिने वरमाल, नरिवल सुपारी सजाउने तालिमको आयोजना गरेको थियो ।

धरान–७ स्थित सिद्धि नेवाः परिषद्मा संचालित तालिममा धरानका विभिन्न वडाका १८ जना महिलाहरु सहभागी भएका छन् ।
धरानका महिलाहरुलाई सशक्तिकरण गर्न र उनिहरुमा सीप बिकास गरी स्वरोजगर तथा व्यवसायी बनाउने उद्देश्यले तालिमको अयोजना गरिएको सिद्धि नेवाः परिषद्का अध्यक्ष राज विमल श्रेष्ठले बताउनु भयो ।

प्रदेश सरकारबाट युवा महिलाहरुको सशक्तिकरण र सीप विकास कार्यक्रम अन्तरगत धरान उपमहानगरपालिकालाई हस्तान्तरित बजेटबाट कार्यक्रम संचलन भएको हो ।

धरान उपमहानगरपालिकासँग सम्झौता गरी ५० हजारको वजेट सहयोगमा कार्यक्रम संचालन हुन लागेको परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

विवाह कार्यक्रममा नभई नहुने वरमाल नरिवल सुपारी सजाउने सीप सिक्न सके यसबाट राम्रो आम्दानी गर्न सकिने, घरको काम भ्याएर पनि उत्पादन गरी मासिक २५ हजार सजिलै कमाउन सकिने प्रशिक्षक जुली ताम्राकारको भनाई रहेको छ ।

कार्यक्रममा सहभागीहरुलाई प्रयोगात्मक रुपमा विभिन्न किसिमको वरमाल नै तयार गर्न लागाईएको थियो ।
सवैले तालिम अवधिमा नै वरमाला, नरिवल सुपारी सजाउने काम गरेकाले तालिम उपलब्धिपुलक भएको आर्थिक समिति संयोजक विनिता वज्रचार्यले प्रतिक्रिया दिनुभयो ।

कार्यक्रम धरान उपमहानगरपालिकाबाट अनुगमन र विभिन्न संघ सस्थाका पदाधिकारीहरुबाट अवलोकन भइरहेको छ ।

डिपो कपमा तीन स्कुल विजयी

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic