परिवार नियोजन संघमा निर्मला बिजयी

  • असार २३, २०८०
  • ६,२२१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२३ असार ः नेपाल परिवार नियोजन संघ सुनसरीको निर्वाचनमा निर्मला अधिकारी निर्बाचित भएकी छिन ।

शनिबार संघको कार्यालय धरान– ८ मा भएको नेपाल परिवार नियोजन संघको निर्वाचनमा अधिकारी विजयी वनेकी हुन ।

निर्वाचित अधिकारीले २६१ मत ल्याई बिजयी बनेकी थिइन भने निकटतम प्रतिद्वन्द्वी सन्तोष सापकोटाले १६२ मत पाएका थिए ।

सभापति पदका अर्का प्रत्यासी अलिम अन्सारी (सत्रुधन) ले ३२ मतमा चित्त वुझाउनु परेको थियो ।

त्यस्तै यौनिक अल्पसंख्यक वा अपाङ्गतर्फ सुनिल खड्का बिजय भएका छन । उनले ३४९ मत ल्याई बिजय भएका हुन । त्यस्तै उनका प्रतिद्वन्द्वी बिद्याहाङ लिम्बु सुब्बाले १०४ मत मात्र प्राप्त गरेका थिए ।

कोषाध्यक्ष पदमा भने सागर प्रसाईं यस अघि नै निर्विरोध भएका छन् । महिला महिला सदस्यमा अगिता राई तथा हरिमाया बिश्वकर्मा युबा सदस्य तर्फ सस्कृती मास्के,यौन तथा प्रजनन स्वास्थ बिज्ञतर्फ कला थापा लेखातर्फ प्रेशिका निरौला, कानुन तर्फ बिनोद सुवेदी यस अघि नै निर्बिरोध निर्बाचित भईसकेका छन ।

नेपाल परिवार नियोजन संघमा आजीवन तथा साधारण सदस्य गरि कुल ८२४ सदस्यहरू रहेकोमा उक्त निर्वाचनमा ४६५ मत खसेको थियो ।

डिपो कपमा तीन स्कुल विजयी

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic