घिमिरेद्वारा पिताको सम्झनामा वीपी प्रतिष्ठानलाई व्हील चियर र विरामीलाई औषधि सहयोग

  • असार २६, २०८०
  • २,६६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ असार ः युवा शैक्षिक व्यवसायी समाजसेवी सुरेन्द्र घिमिरेले स्वर्गिय बुवा कमलापति घिमिरेको सम्झनामा वीपी प्रतिष्ठानका क्यान्सरका बिरामिहरुका लागि ५० हजार रुपैया बराबरको २ वटा ह्वील चियर र औषधि सहयोग गरेका छन।

धरान–१४ निवासी घिमिरेले सोमबार प्रतिष्ठानको ओन्कोलोजि बिभागमा प्रतिष्ठानकी क्यान्सर रोग बिशेषज्ञ डा.सोनिया दुलाललाई सो सामाग्री सहयोग गरेका थिए ।

घिमिरेका बुवा कमलापतिको गत ज्येष्ठ २४ गते ७२ वर्षको उमेरमा प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो।

बुवालाई प्रतिष्ठानमा क्यान्सरको उपचार गराउदा आफुले व्हील चियरको अभाव र कतिपय बिरामिका आफन्तले औषधि किन्न नसक्ने अबस्था नजिकबाट नियालेको हुनाले थोरै भए पनि राहत मिलोस भन्ने उदेश्यले बुवालाई स्मरण गर्दै सहयोग गरेको घिमिरेले बताए।

प्रतिष्ठानकी क्यान्सर रोग बिशेषज्ञ डा.दुलालले क्यान्सर पीडित बिरामिहरुका लागि स्वच्छ मनले सहयोग गर्नु अत्यन्तै महान कार्य भएको बताउदै सहयोगका लागि घिमिरेलाई धन्यवाद ब्यक्त गरेकी थिइन ।

डिपो कपमा तीन स्कुल विजयी

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic