धरान क्षेत्रभरी जिल्ला प्रशासन कार्यालयद्धारा निषेधाज्ञा जारी आज मध्यरातीदेखि भोली मध्यरातीसम्म

  • भदौ ८, २०८०
  • २,४२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ भदौं ः धरानमा विगत केही दिनदेखि चर्किदै गएको धार्मिक तथा साम्प्रादायिक विवाद अन्तत निषेधाज्ञा जारी हुने अवस्थासम्म पुगेको छ ।

धार्मिक, साम्प्रदायिक विवादले एक पछि अर्को गरेर सद्भाव खलबलिने स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालयले आज मध्यरातीदेखि लागु हुने गरि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्थासम्म पुगेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सुचना जारी गरी शुक्रवार राती १२ बजेदेखि शनिबार मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेकी जनाएकीछिन ।

सो समयभित्र धरानमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक कुनै पनि कार्यक्रमहरु नगर्न, नगराउन प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले धरान प्रवेश गर्ने चारैतिरको नाकासमेतलाई समेटेर धरानको सबै वडामा निषेधाज्ञा जारी गरेको हो ।

धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ पर्ने झण्डाचोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम रामधुनी नगरपालिका ६ नम्बरबाट बराहक्षेत्र नगरपालिका ३ नडाहा चोकबाट धरानतर्फ पनि निषेधाज्ञा जारी गरेको सुचनामा उल्लेख गरीएकोछ ।

यस्तै, इटहरी वडा नं २० पर्ने तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान वडा नं ५ प्रवेश गर्ने पुर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी भएको प्रजिअ पाण्डेद्धारा जारी सुचनामा सुचित गरीएको छ ।

आदेश विपरीत भएमा वा अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने पनि उल्लेख छ ।

धरानमा हिन्दुवादीहरुले भोली शनिवार गौहत्याको विरुद्ध शक्ति प्रदर्शनको तयारीको घोषणा गरेका थिए भने सास्कृतिक अधिकार समितिले त्यसलाई प्रतिकार गर्ने वताउदै आएका थिए । संभावति दुर्घटनालाई मध्यनजर गरी प्रशासनले निषेधाज्ञा लगाएको हो ।

शुक्रवार धरानमा संयमितता अपनाउन भन्दै सर्वदलीय सर्वजातिय सद्भाव ¥याली समेत निकालिएको थियो ।

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic