नेपालका मौलिक संस्कृतिहरुलाई व्राण्डिङ गर्दै व्यवसायिकरण गर्नुपर्छ–मन्त्री अशोक राई

  • भदौ १४, २०८०
  • ३,८५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ भदौः शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले नेपालका मौलिक संस्कृतिहरुलाई व्राण्डिङ गर्दै व्यवसायिकरण गर्नुपर्ने वताउनु भएको छ ।

धरानमा विहिवार नेवाः देय दवू प्रदेश समितिले आयोजना गरेको क्वाः ति फेष्टिभलको उद्घाटन गर्दै सो कुरा वताउनु भएको छ ।

विभिन्न जातिय मौतिक संस्कार र संस्कृतीका लागि आवस्यक पर्ने मौलिक चिजहरुलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउनको लागि आवस्यकता रहेको उल्लेख गर्नुभएको थियो ।

FINAL PHOTO

उहाले विदेशी मुलुकहरुबाट उत्पादित व्राण्डेड रक्सी भन्दा नेपाल मै उत्पादन भएको कोदोको रम्सी कैयौ गुणा गुणस्तरीय रहेको भएता पनि नेपालीहरुले सौखको रुपमा प्रयोग गर्दा नेपाली पैसा विदेशीएको वताउनुभयो ।

नेपाली उत्पादनलाई नै व्राण्डिङ गरेर विदेश पठाउन सकेको खण्डमा नेपालमा विदेशी पैसा भित्रनुका साथै उत्पादकत्व समेत वृद्धि हुने दावी समेत गर्नुभयो । नेपाली पहिचान भनेको नै आफ्नो मौलिक परम्पार र संस्कार संस्कृति भएकोले त्यसलाई संरक्षण तथा संवद्धनमा सवैले जोड दिएर अघि वढनुपर्ने उहाको भनाई थियो ।

नेवार जाति परिष्कृत र वहुआयामिक जाति भएको वताउदै नेवार जाति र समुदाय मात्र नभएर राष्ट्र भएको समेत उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस सचेतक तथा पूर्व वाणिज्य मन्त्री मिन विश्वकर्माले मानिसले जसले वोल्यो उसैको भाषा धर्म हुने वताउदै जो भाषा संस्कार,परम्परासंग जोडिएको हुन्छ उसकै परम्परा हुनछ । राज्यको कुनैपनि धर्म हुदैन धर्म मानिसको हुने वताउनुभयो ।

सोही कार्यक्रममा वोल्दै उहाले धरान त्रसित नभएको र त्रसित हुन नदिने समेत उल्लेख गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै प्राध्यापक डा टंकप्रसाद न्यौपानेले भागाा धर्म संस्कार संस्कृति कसैको पेवा नहुने वताउदै कुनै पनि जातिको धर्म संस्कार र संस्कृति सवैको साझा पहिचान भएको वताउनु भयो । एक जाति र अर्को जातिवीचको सम्वन्ध भनेको भनै संस्कार संस्कृति भएको वताउनुभयो ।

Udaghatan

कार्यक्रममा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका खाद्य विशेषज्ञ कविन्द्र भट्टराईले क्वाः ति पोषणयुक्त खानेकुरा भएकोले प्रोटिन प्रसस्त मात्रामा पाइने भएको वताउदै औषधिय गुण समेत भएको स्पष्ट पार्नुभयो । यो खानेकुरामा पचाउन सक्ने प्रोटिन तत्व रहेको समेत वचाउनुभयो । नेवारी परिकार खादा शरिरलाई कुनै पनि हानी नोक्सानी नगर्ने वताउनुभयो ।

कार्यक्रममा संघीय सांसद सुशिला श्रेष्ठ, प्रदेश सांसद रमेशकुमार वस्नेत लगायत विभिन्न जाति समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तीर्थ मास्केले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने इन्द्र श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम समेत आयोजना गरीएको थियो ।

 

 

 

 

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic