सामाजिक सद्भावको लागि अन्तर धार्मिक सहकार्य

  • असोज ६, २०८०
  • २,३७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ६ असोजःअन्तरराष्ट्रिय शान्ति दिवसका अवसरमा धरानमा युनिभर्सल पिस फेडेरेशन सुनसरीको आयोजनामा सामाजिक सद्भावका लागि अन्तर धार्मिक सहकार्य कार्यक्रम सम्पन्न भएको छ ।

फेडेरेसन सुनसरील्े बुधबार धरान स्थित होटल स्टार पूर्वीमा सो कार्यक्रम सम्पन्न गरेको हो ।विश्व शन्तिको कामना गरी त्यस विषयका अन्तरक्रिया समेत गरिएको थियो ।

ram sir = 2

विश्व शान्तिको लागि समाजमा सद्भाव र धार्मिक सहिष्णुता कायम हुनु पर्ने र धार्मिक गुरुहरुले यसमा अह्म भूमिका निर्वाह गर्नु पर्ने युनिभर्सल पीस फेडेरेशन सुनसरीका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

विश्व शान्तीको कामना गर्दै विभिन्न धर्म सम्प्रदायका धर्म गुरुहरुले आफ्नो आफ्नो धार्मिक पाठ गर्दै एकै ठाँउमा जल धारा दिएको थिए ।

हिन्दु धर्मबाट सुर्य भण्डारी, वैदिक सनातन धर्मबाट गुरु अधियज्ञ गौरङ्गा दास, ब्रम्ह कुमारी राज योग सेवा केन्द्रबाट नानी मैया दिदी, बौद्ध गुरु जिग्मे गुरुङ्ग, किरात धर्मबाट दिनेश लिम्बू, क्रिष्टियन पास्टर महेश राजवंशी, प्रेमबाद गुरु सुमन राई लगायतका धर्म गुरुहरुको सहभागीता रहेको थियो ।

ram sir news = 3

कार्यक्रममा सवै धर्म सम्प्रदायबाट प्रतिनिधित्व गर्दै नानी मैया दिदीले सवै धर्महरु बीच सद्भाव हुन सके मात्र मानव हित हुने बताएकी थिइन ।

प्रमुख अतिथि व्लाष्ट टाई्रम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राज कुमार कार्कीले समाजमा एक आपसमा सद्भाव कायम राख्न धार्मिक सद्भाव हुनुपर्ने कुरामा जोड दिएका थिए ।

संयुक्त राष्ट्रसंघले हरेक वर्ष सेप्टेम्वर २१ को दिन विश्व शान्ति दिवस मनाउन शुरु पश्चात सो दिवस मनाइदै आएको छ ।

ram sir news 4

कार्यक्रम संचालन गर्दै यूपीएफका राम बहादुर लिम्बुले यस किसिमको धार्मिक सद्भाव कार्यक्रम आजको आवश्यकता भएको बताएका थिए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic