सामाजिक सद्भावको लागि अन्तर धार्मिक सहकार्य

  • असोज ६, २०८०
  • २,३२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ६ असोजःअन्तरराष्ट्रिय शान्ति दिवसका अवसरमा धरानमा युनिभर्सल पिस फेडेरेशन सुनसरीको आयोजनामा सामाजिक सद्भावका लागि अन्तर धार्मिक सहकार्य कार्यक्रम सम्पन्न भएको छ ।

फेडेरेसन सुनसरील्े बुधबार धरान स्थित होटल स्टार पूर्वीमा सो कार्यक्रम सम्पन्न गरेको हो ।विश्व शन्तिको कामना गरी त्यस विषयका अन्तरक्रिया समेत गरिएको थियो ।

ram sir = 2

विश्व शान्तिको लागि समाजमा सद्भाव र धार्मिक सहिष्णुता कायम हुनु पर्ने र धार्मिक गुरुहरुले यसमा अह्म भूमिका निर्वाह गर्नु पर्ने युनिभर्सल पीस फेडेरेशन सुनसरीका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

विश्व शान्तीको कामना गर्दै विभिन्न धर्म सम्प्रदायका धर्म गुरुहरुले आफ्नो आफ्नो धार्मिक पाठ गर्दै एकै ठाँउमा जल धारा दिएको थिए ।

हिन्दु धर्मबाट सुर्य भण्डारी, वैदिक सनातन धर्मबाट गुरु अधियज्ञ गौरङ्गा दास, ब्रम्ह कुमारी राज योग सेवा केन्द्रबाट नानी मैया दिदी, बौद्ध गुरु जिग्मे गुरुङ्ग, किरात धर्मबाट दिनेश लिम्बू, क्रिष्टियन पास्टर महेश राजवंशी, प्रेमबाद गुरु सुमन राई लगायतका धर्म गुरुहरुको सहभागीता रहेको थियो ।

ram sir news = 3

कार्यक्रममा सवै धर्म सम्प्रदायबाट प्रतिनिधित्व गर्दै नानी मैया दिदीले सवै धर्महरु बीच सद्भाव हुन सके मात्र मानव हित हुने बताएकी थिइन ।

प्रमुख अतिथि व्लाष्ट टाई्रम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राज कुमार कार्कीले समाजमा एक आपसमा सद्भाव कायम राख्न धार्मिक सद्भाव हुनुपर्ने कुरामा जोड दिएका थिए ।

संयुक्त राष्ट्रसंघले हरेक वर्ष सेप्टेम्वर २१ को दिन विश्व शान्ति दिवस मनाउन शुरु पश्चात सो दिवस मनाइदै आएको छ ।

ram sir news 4

कार्यक्रम संचालन गर्दै यूपीएफका राम बहादुर लिम्बुले यस किसिमको धार्मिक सद्भाव कार्यक्रम आजको आवश्यकता भएको बताएका थिए ।

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic