नेवार एकता समाजद्धारा लाखामारी तालिम

  • कार्तिक २०, २०८०
  • ३,२०३ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२० कार्तिक ः नेवार एकता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले कुनैपनि जाति र समुदायको मौलिक संस्कृतिका परिवारलाई परिचित गराउदै व्यवसायिकरण गर्नुपर्ने वताउनु भएको छ ।

नेवार एकता समाज धरान–९ ले सोमवार आयोजना गरेको एक दिने लाखामारी वनाउने तालिमको उद्घाटन गर्दै सो कुरा वताउनु भएको हो ।

talim = 2

उहाले नेवार समुदायको मौलिक परिवारका साथै सांस्कृतिक पहिचानको रुपमा रहेको लाखामरीलाई मौलिक पहिचान र संस्कृति मात्र नभएर व्यवसािियक रुपमा पनि लागू गर्नु पर्ने वताउनु भयो ।

उहाले तालिम लिएर मात्र सवै कुरा पूर्ण नहुने भन्दै तालिमलाई सदुपयोग गर्दै व्यवसायिक रुपमा लानको लागि सुझाव समेत दिनुभएको थियो ।

तालिमको लागि तालिम र सिक्नको लागि मात्र तालिमको रुपम विगत वर्षहरुमा हुने गरेको वताउदै तालिमले व्यवसायिक उपलव्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिमबाट प्रदेश भरीका पर्यटकहरुका लागि कोशेली उपहारको रुपमा लानका लागि उत्पादन गर्न सक्नुपर्नेमा उल्लेख गर्नुभयो ।

त्यसैगरी धरान उपमहानगरपालिका वडा नं ९ का वडाध्यक्ष रुपेश आचार्यले तालिमको व्यवासायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाले तालिमले सार्थकता पाउनु पर्नेमा जोड दिनुभयो ।

talim = 3

यस्ता व्यवासायिकमूखी तालिमहरुलाई वडाबाट सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
तिहारको नजिक तालिम गर्दा तालिममा सहभागीहरुले आफूले सिकेको सीपलाई व्यवसायिक रुपमा लागू गर्न सकुन भन्ने उदेश्यले तालिमको आयोजना गरीएको वताउनु भयो ।

तालिममा ३५ जना सहभागी भएको संस्थाकी अध्यक्ष सविना शाक्यले जानकारी दिनुभयो ।
सहभागीहरुलाई सिर्जना शाक्यले तालिम दिनुभएको थियो भने कार्यक्रमको संयोजकमा संगिता श्रेष्ठ रहनु भएको थियो ।

उक्त कार्यक्रममा समाजका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख सुमन श्रेष्ठ तखाँछे, पूर्व केन्द्रीय सदस्य उमेश श्रेष्ठ, वडा नं. ९ का समाजका पूर्व अध्यक्ष तुलसीप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic