शहिद स्कुलले प्रतिस्पर्धा मार्फत प्राविधिक शिक्षामा भर्ना लिने

  • फागुन २१, २०८०
  • ५,५९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ फागुन सहिद माध्यामिक विद्यालय धरान–८ ले यस वर्षको प्राविधिक विषयको भर्ना लिदा प्रवेश परिक्षा मार्फत प्रतिस्पर्धा गराएर मात्र लिने भएको छ ।
स्कुलले सोमवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो ।
सहिदमा गत वर्षदेखि संचालन भएको कक्षा ९ देखि १२ सम्मको प्राविधिक धारको कम्प्युटर इन्जिनियरीङ तर्फको पढाई भईरहेको छ ।
गत वर्ष स्विकृति भएकोले पढाई शुरु गर्न ढिला भएकोले विद्यार्थी संख्या निर्धारित कोटा भन्दा कम भएको थियो ।
यस वर्ष ४८ कोटाको लागि १ सय भन्दा वढी विद्यार्थीहरुबाट खुल्ला प्रतिस्पर्धा गराएर भर्ना लिइने विद्यालयका प्रधानाध्यापक राम बहादुर विष्टले जानकारी दिएका छन् ।
कक्षा ९ मा प्राविधिक धारमा सरकारले ४८ जनको कोटा निर्धारण गरेको छ ।प्राविधिक शिक्षा आजको आवस्यकता भएकोले प्राविधिक धारतर्फ विद्यार्थी र अभिभावकहरुको ध्यान आकृष्ठ हुदै गएको प्रअ. विष्टको भनाई रहेको छ ।
प्राविधिक धार तर्फमा पनि कम्प्युटर शिक्षा अझ वढी विश्व बजारमा माग वढदै गएकोले पनि यस क्षेत्रमा अभिभावक र विद्यार्थीको थप आकर्षण हुने दावी विष्टको रहेको छ ।
यस क्षेत्रमा अध्ययन गरेका विद्यार्थीैहरु स्वदेशमा स्वरोजगार हुनुका साथै विश्व वजारमा पनि काम गर्न योग्य दक्ष दक्ष जनशक्ति उत्पादन हुने विष्टको भनाई रहेको छ ।
सोही कार्यक्रममा वोल्दै विष्टले आगामी शैक्षिक सत्रमा कक्षा १ देखि ९ सम्म नै भर्नाका लागि प्रवेश परिक्षा मार्फत प्रतिस्पर्धा गराएर भर्ना लिइने समेत जानकारी दिएकाछन् ।
प्रअ.विष्टले यस वर्ष कक्षा ८ मा अंगेजी माध्यममा संचालन गर्न लागिएको पनि जानकारी दिएकाछन् ।

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

छाल खवरधरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीह ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic