शहिद स्कुलले प्रतिस्पर्धा मार्फत प्राविधिक शिक्षामा भर्ना लिने

  • फागुन २१, २०८०
  • ५,६८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ फागुन सहिद माध्यामिक विद्यालय धरान–८ ले यस वर्षको प्राविधिक विषयको भर्ना लिदा प्रवेश परिक्षा मार्फत प्रतिस्पर्धा गराएर मात्र लिने भएको छ ।
स्कुलले सोमवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो ।
सहिदमा गत वर्षदेखि संचालन भएको कक्षा ९ देखि १२ सम्मको प्राविधिक धारको कम्प्युटर इन्जिनियरीङ तर्फको पढाई भईरहेको छ ।
गत वर्ष स्विकृति भएकोले पढाई शुरु गर्न ढिला भएकोले विद्यार्थी संख्या निर्धारित कोटा भन्दा कम भएको थियो ।
यस वर्ष ४८ कोटाको लागि १ सय भन्दा वढी विद्यार्थीहरुबाट खुल्ला प्रतिस्पर्धा गराएर भर्ना लिइने विद्यालयका प्रधानाध्यापक राम बहादुर विष्टले जानकारी दिएका छन् ।
कक्षा ९ मा प्राविधिक धारमा सरकारले ४८ जनको कोटा निर्धारण गरेको छ ।प्राविधिक शिक्षा आजको आवस्यकता भएकोले प्राविधिक धारतर्फ विद्यार्थी र अभिभावकहरुको ध्यान आकृष्ठ हुदै गएको प्रअ. विष्टको भनाई रहेको छ ।
प्राविधिक धार तर्फमा पनि कम्प्युटर शिक्षा अझ वढी विश्व बजारमा माग वढदै गएकोले पनि यस क्षेत्रमा अभिभावक र विद्यार्थीको थप आकर्षण हुने दावी विष्टको रहेको छ ।
यस क्षेत्रमा अध्ययन गरेका विद्यार्थीैहरु स्वदेशमा स्वरोजगार हुनुका साथै विश्व वजारमा पनि काम गर्न योग्य दक्ष दक्ष जनशक्ति उत्पादन हुने विष्टको भनाई रहेको छ ।
सोही कार्यक्रममा वोल्दै विष्टले आगामी शैक्षिक सत्रमा कक्षा १ देखि ९ सम्म नै भर्नाका लागि प्रवेश परिक्षा मार्फत प्रतिस्पर्धा गराएर भर्ना लिइने समेत जानकारी दिएकाछन् ।
प्रअ.विष्टले यस वर्ष कक्षा ८ मा अंगेजी माध्यममा संचालन गर्न लागिएको पनि जानकारी दिएकाछन् ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic