खाडी पस्न बाकी छ

  • वैशाख ९, २०८१
  • ९६२ पटक पढिएको
  • छाल खबर

मैले मास्टर डिग्री गरे अब
सर्टिफिकेट थन्काएर
खाडी पस्न बाकी छ ।

लाखौ खर्च गरी डिग्री पढाएका
मेरा बा आमाले पाँच हजारको
हरियो पासपोर्ट बनाएर खाडी पठाउन बाकी छ ।

म सानो छ दा पढेर के बन्छौ भनि सोध्नेहरुलाई पढेर ठूलो मान्छे हुन्छु भन्थे तर अब खाडी जान्छु भन्न मात्र बाकी छ ।

खेतबारी धितो राखी पढेको मैले अब खाडी जान झुप्रो घर धितो राखन बाकी छ ।

त्यागेर मैले आफ्नो सपना बेरोजगारको युद्ध लडदै पैसाको मुखमा पर्दै खाडीको तातो घाममा लडिबुडी गर्न मात्र बाकी छ ।

रोजगारीको लागि शिक्षाको सर्टिफिकेट होईन सत्तामा आफ्नो मान्छे चाहिदो रहेछ अब जागिरको लागि तोरी सर्टिफिकेट खोइ होईन तेरो मान्छे खोई भन्न मात्र बाकी छ ।

के अर्थ भो र हामी गरिबले मास्टर डिग्री गरेको सरकार कोटा सत्ता र पदमा आफनै मान्छे राखेपछि हामी गरिबलाई पिल्साएर तिमीले भोज गर्न मात्र बाकी छ ।

मैले मास्टर डिग्री गरेको अब सर्टिफिकेट थन्काएर खाडी पस्न बाकी छ ।।

(ममिता राई
धरान १७ पटनाली

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic