पुनस्थापना गृहलाई क्याम्ब्रीज ईन्स्टिच्युट र प्राईम एजुकेसन धरानद्धारा खाद्यान्न सहयोग

  • वैशाख २१, २०८१
  • २,३२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१वैशाखः क्याम्ब्रीज ईन्स्टिच्युट अन्तर्गत प्राईम एजुकेसन धरान प्रालिले धरान स्थित पुनस्थापना गृहलाई शुक्रवार खाद्यान्न सहयोग गरेको छ।

धरान–१ मै रहेको पुनस्थापना गृहका संचालक भिम राईलाई प्रालिका संचालक लक्ष्मण दाहालले चामल, दाल, नुन, तेल एकमुष्ट रुपमा हस्तान्तरण गरेका थिए ।

एसईई दिएर प्राईम एजुकेसनमा ब्रीज कोर्स गरिरहेका बिद्यार्थीहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गराउन खाद्यान्न सहयोग कार्यमा सहभागी गराएको प्रालिका संचालक दाहालले बताए।

बिद्यार्थीहरुले गृहमा रहेका अनाथहरुलाई फ्रुटी र फलफुल समेत बितरण गरे। प्राईम मै ब्रीज कोर्स गरिरहेकी छात्रा कैयन भुजेलले आफू सहभागी भएर सहयोग गर्न पाउँदा खुशी लागेको अनुभव सुनाईन।

उनले भनिन(–आउने दिनहरुमा आफूले पनि सकेको सहयोग गर्छु र अरुलाई पनि सामाजिक कार्यमा उत्प्रेरित गर्छुू।अर्का छात्रा अन्किता रामले पनि समाज सेवा जस्तो काममा सहभागी हुन पाउँदा खुशी लागेको बताईन।

ठूलो भएर यस्तै समाज सेवा गर्नुपर्छ भन्ने आफुलाई प्रेरणा मिलेको अन्किताले बताईन।

गृहका संचालक भिम राईले सहयोगका लागि क्याम्ब्रीज र प्राईम एजुकेसनलाई धन्यवात ब्यक्त गरे।

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic