पिताको स्मृतिमा रंगकर्म पुरस्कारका लागि अक्षयकोष स्थापना

  • असार ८, २०८१
  • २,१७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८असारः नेपाल पत्रकार महासङ्घका सुनसरी जिल्ला अध्यक्ष जनकऋषि राईले आफ्नो पिताको स्मृतिमा अक्षयकोष स्थापना गरेकाछन् ।

अध्यक्ष राईले पिता स्व. लक्ष्मण राईको स्मृतिमा रङ्गकर्मी पुरस्कारका लागि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन ।

कोषको सञ्चालन धरान स्थित रङ्गभूमि एकेडेमीले गर्ने गरी दुवै पक्षलेृ हस्ताक्षर समेत गरेकाछन् ।

अक्षयकोषको रकमबाट आउने व्याज रकमबाट ‘लक्ष्मण स्मृति रंगकर्म सम्मान र पुरस्कार’ प्रदान गर्न एकेडेमीसँग परिवारले ७ बुँदाको सम्झौता गरेका छन् ।

संस्थापक जनक ऋषिको परिवारको उपस्थितिमा शुक्रवार बिहान आयोजित पत्रकार सम्मेलन बिच रंगभूमि एकेडेमीका अध्यक्ष विष्णु मोक्तानसँग सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरीएको थियो ।

‘लक्ष्मण स्मृति रंगकर्म अक्षय कोष’को व्याज रकमबाट एकेडेमीले प्रत्येक वर्ष रङकर्मीलाई सम्मानरपुरस्कार प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

अक्षयकोषमा अन्य श्रोतबाट रकम थप्न सकिने व्यवस्था छ । सम्झौताको अवसरमा धरान वडा १७ का अध्यक्ष मनोज भट्टराईले १५ हजार रुपैयाँ थप गरेका थिए ।

जनक ऋषिका पिता लक्ष्मण राई पेसाले शिक्षकका साथै धरानका क्रियाशील रङ्गकर्मी थिए । २०५० को दशकमा उनले भातृभाषामा ‘लाम लाम्सा’ नाटक लेखेर मञ्चन समेत गराएका थिए ।

छोरा जनकऋषि स्वयं पनि नाटक लेखक हुन् । पछिल्लो समय उनले लेखेको नाटक ‘कुमार मामा’ धरानमा निकै दिन चलेको थियो ।

अक्षयकोष घोषणाको अवसरमा उनले भने, ‘बुवाको रंगकर्म प्रति रुझानलाई सम्मान गर्दै उनको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो ।’ उनले यसबाट धरानमा रंगकर्मको विकास र रङकर्मीलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

रङ्गभूमिका अध्यक्ष तामाङले अक्षयकोष सञ्चालनको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै धरानको रङ्गमञ्चमा अक्षयकोष स्थापनाले नयाँ हौसला प्रदान गरेको बताए ।

रंगकर्मको क्षेत्रमा लाग्नेहरुलाई थप प्रोत्साहन मिल्ने अध्यक्ष मोक्तानको भनाई रहेको छ ।

 

 

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic