धरान नगरप्रमुखलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा वडावासीको धर्ना

  • असार १८, २०८१
  • २,१७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असारः सार्बजनिक सम्म्पत्ती तोडफोड गरेको आरोपमा धरान नगर प्रमुख हर्कराज राईलाई कार्बाहिको माग गर्दै धरान–१३ का बासिन्दाले मंगलबार जिल्ला प्रसाशन कार्यालय सुनसरी घेराउ गरि धर्ना दिएका छन ।

नगर प्रमुख राईले धरान–१३ को अमर बस्तीको खहरेखोला नियन्त्रण गर्न लगाइएको ग्याबिन वाल भत्काएको भन्दै स्थानिय बासिन्दाले उनी बिरुद्द कार्बाहिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा घेराउ गरी धर्ना दिएका हुन ।

अमर बस्ती उपभोक्ता समितिका अध्यक्ष राजु राईका अनुसार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिदा समेत प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारिले दोषी उपर कार्बाही गर्न चासो मदिएपछी स्थानिय बासिन्दा आन्दोलनमा उत्रनु परेको हो ।

स्थानीयवासीले विकास गर्नको चुनिएर गएका जनप्रतिनिधिबाट नै आफ्नो गाउको खोला नियन्त्रण गर्न लगाइएको ग्याबिन बाल भत्काउने कार्य गरेकोले तत्काल पक्राउ गरि कार्बाही नगरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।

प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय पुगेका स्थानिय बासिन्दाले तारजाली भत्काउन लगाउने हर्क साम्पङलाइ कार्बाही गर, शान्ती सुरक्षा कायम गर, सामाजिक सद्भाव कायम गर, सार्बजनिक सम्पत्तिको संरक्षण गर जस्ता नारा लगाएका थिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आन्दोलनमा उत्रिएका स्थानिय बासिन्दालाई ग्याबिन वाल भत्काएको बिषयमा छानबिन गरि दोषी उपर कार्बाही गर्ने प्रतिबद्धता जनाए पछी आफुहरु धरान फर्किएको स्थानिय कुलबहादुर रानामगरले बताए ।

सार्बजनिक सम्पत्ति तोडफोड गर्नेलाइ कार्बाही नगरी स्थानिय प्रहरी प्रशासन निरिह बनेको आरोप लगाए । प्रजिअ तिवारीले ग्याबोन बाल भत्काएको बिषयमा कानुनी प्रक्रिया अगाडी बढाउने आस्वासन दिएका थिए ।

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic