मिसेस धरान आइकोनको दोस्रो अडिसन सम्पन्न

  • साउन १, २०८१
  • ४८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ साउनः महिलाहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले आयोजित मिसेस धरान आइकोन २०२४ को दोस्रो अडिसन सम्पन्न भएको छ ।

एलएडसि मोडेल एजेन्सी प्रालिद्वारा आयोजित सो आइकोन २०२४ को दोस्रो अडिसन सम्पन्न भएको हो ।

धरान–१३ स्थित धरान भ्यु रेस्टुरेन्टमा भएको सो अडिसनमा १० जनाको सहभागी रहेको थियो ।

गृहीणि महिलाहरुमा भएको प्रतिभालाई प्रस्फुटन गर्दै उनीहरु भित्र लुकेर रहेको कला र क्षमतालाई स्टेजमा पस्किने अवसरको रुपमा यो अडिसनलाई लिएको कार्यक्रम निर्देशक निश्चल पलिखेले वताउनु भयो ।

MODEL NEWS PHOTO = 2

प्रतियोगितामा विजेता हुनेले ३० हजार नगद,क्राउन,ट्रफि, स्यास र गिप्ट हेम्पर ५ लाखको विमाको पहिलो वर्षको प्रिमियम भुक्तानीको सुविधा पाउनेछन् भने पहिलो विजेताले नगद २० हजार नगद,क्राउन,ट्रफि, स्यास र गिप्ट हेम्पर ३ लाखको विमाको पहिलो वर्षको प्रिमियम भुक्तानीको सुविधा पाउनेछन् ।

त्यसैगरी दोस्रो विजेताले १० हजार नगद सहित क्राउन,ट्रफि, स्यास र गिप्ट हेम्पर र २ लाखको विमाको एक वर्षको प्रिमियम भुक्तानीको सुविधा हुने आयोजकले जनाएको छ ।

पहिलो अडिसन र दोस्रो अडिसनबाट छनौट भएका प्रतियोगिहरुलाई एक महिनाको तालिम पश्चात अन्तिम फाइनल प्रवेश गराइने कार्यक्रम निर्देशक निश्चल पलिखेले जानकारी दिनुभयो ।

पहिलो अडिसनमा २५ जनाको सहभागी रहेको र दोस्रो अडिसनमा १० जना सहभागी भएका थिए । दुवै अडिसनबाट छनौटमा परेकाहरुलाई मात्र फाइनलको प्रशिक्षणमा सहभागी गराइने आयोजकले जानकारी दिएको छ ।

एलएडसि मोडेल एजेन्सीका सिईओ दिपक गिरिले मोडेलिङ भनेको छोटो लुगा लगाउनु मात्र नभएको र आफ्नो सास्कृतिक पोसाकमा पनि मोडेल गर्न सकिने बताउनुभयो ।

अडिसनको निर्णायकमा रिता खापुङ, जुनास फिटनेसका सिईओ जुना राई, महिला संजाल धरानका पुर्व अध्यक्ष शिला बज्राचार्य, व्यावसायि जुमा राई,लायन्स क्लव ३२५ सि को रिजनल चियरपर्सन एकता श्रेष्ठ रहेका थिए ।

यसबाट गृहीणि महिलाले समाजमा प्रतिभा पस्कन र कलालाई निखार ल्याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकको भनाई रहेको छ ।

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic