मिसेस धरान आइकोनको दोस्रो अडिसन सम्पन्न

  • साउन १, २०८१
  • ६३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ साउनः महिलाहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले आयोजित मिसेस धरान आइकोन २०२४ को दोस्रो अडिसन सम्पन्न भएको छ ।

एलएडसि मोडेल एजेन्सी प्रालिद्वारा आयोजित सो आइकोन २०२४ को दोस्रो अडिसन सम्पन्न भएको हो ।

धरान–१३ स्थित धरान भ्यु रेस्टुरेन्टमा भएको सो अडिसनमा १० जनाको सहभागी रहेको थियो ।

गृहीणि महिलाहरुमा भएको प्रतिभालाई प्रस्फुटन गर्दै उनीहरु भित्र लुकेर रहेको कला र क्षमतालाई स्टेजमा पस्किने अवसरको रुपमा यो अडिसनलाई लिएको कार्यक्रम निर्देशक निश्चल पलिखेले वताउनु भयो ।

MODEL NEWS PHOTO = 2

प्रतियोगितामा विजेता हुनेले ३० हजार नगद,क्राउन,ट्रफि, स्यास र गिप्ट हेम्पर ५ लाखको विमाको पहिलो वर्षको प्रिमियम भुक्तानीको सुविधा पाउनेछन् भने पहिलो विजेताले नगद २० हजार नगद,क्राउन,ट्रफि, स्यास र गिप्ट हेम्पर ३ लाखको विमाको पहिलो वर्षको प्रिमियम भुक्तानीको सुविधा पाउनेछन् ।

त्यसैगरी दोस्रो विजेताले १० हजार नगद सहित क्राउन,ट्रफि, स्यास र गिप्ट हेम्पर र २ लाखको विमाको एक वर्षको प्रिमियम भुक्तानीको सुविधा हुने आयोजकले जनाएको छ ।

पहिलो अडिसन र दोस्रो अडिसनबाट छनौट भएका प्रतियोगिहरुलाई एक महिनाको तालिम पश्चात अन्तिम फाइनल प्रवेश गराइने कार्यक्रम निर्देशक निश्चल पलिखेले जानकारी दिनुभयो ।

पहिलो अडिसनमा २५ जनाको सहभागी रहेको र दोस्रो अडिसनमा १० जना सहभागी भएका थिए । दुवै अडिसनबाट छनौटमा परेकाहरुलाई मात्र फाइनलको प्रशिक्षणमा सहभागी गराइने आयोजकले जानकारी दिएको छ ।

एलएडसि मोडेल एजेन्सीका सिईओ दिपक गिरिले मोडेलिङ भनेको छोटो लुगा लगाउनु मात्र नभएको र आफ्नो सास्कृतिक पोसाकमा पनि मोडेल गर्न सकिने बताउनुभयो ।

अडिसनको निर्णायकमा रिता खापुङ, जुनास फिटनेसका सिईओ जुना राई, महिला संजाल धरानका पुर्व अध्यक्ष शिला बज्राचार्य, व्यावसायि जुमा राई,लायन्स क्लव ३२५ सि को रिजनल चियरपर्सन एकता श्रेष्ठ रहेका थिए ।

यसबाट गृहीणि महिलाले समाजमा प्रतिभा पस्कन र कलालाई निखार ल्याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकको भनाई रहेको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic