सञ्चारकर्मी धमलालाई अस्पतालमा कुटपिट गरेको आरोपमा थप २ पक्राउ

  • साउन ८, २०८१
  • १,५८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ साउनः केही दिन अघि सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारका लागि वीपी प्रतिष्ठान पुगेको बेला अस्पतालमै कुटपिट गर्ने समूहका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–५ घर भएकी सङ्गीता राई र धरान ११ का समिर तामाङ रहेकाछन् ।

राईलाई सोमवार साझ पक्राउ गरेको थियो भने तामाङलाई मंगलवार धरानको भानुचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि तत्कालै इनरुवा लगिएको थियो ।

तामाङ र राईलाई प्रहरीले खोजी गरिरहेको र मंगलवार प्रहरीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएकाछन् ।

तामाङ धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङका निकट मानिन्छन् । उनलाई साँझ ४ बजे भानुचोक देखि पक्राउ गरिएको हो । पक्राउ गरे लगत्तै तामाङलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ ।

प्रवक्ता डिएसपी भण्डारीले दिएको जानकारी अनुसार आपराधिक उपद्रव मुद्दामा समीर तामाङ र सङ्गीता राईलाई पक्राउ गरिएको हो । यसअघि धमला कुटपिट प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरीसकेको छ ।

अभद्र व्यवहार मुद्दामा पक्राउ पर्नेहरू धरान–१५ की ४२ वर्षीया चन्द्रकला थेबे,,धरान–१९ की ३४ वर्षीय मुना राई, धरान–१७ की ५६ वर्षीया प्रमीला राई, धरान–११ की ४५ वर्षीय शर्मिला राई, धरान–१ की ५२ वर्षीया शर्किनी थापा मगर, धरान–१७ की ४० वर्षीय पूर्ण बान्तवा राई र ३५ वर्षीय सिर्जना बेघा भएको प्रवक्ता भण्डारीले बताए ।

 

 

 

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic