भारतीय राजदूतावास पेन्सन कार्यालय धरानद्वारा २१ स्थानमा स्वास्थ्य शिविर

  • साउन १७, २०८१
  • ३,६०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ साउनःभारतीय राजदूतावास धरान स्थित पेन्सन वितरण कार्यालयले पूवी पहाडी जिल्लाको २१ स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

कार्यालयले कोशी प्रदेशका पहाडी जिल्लाहरुको २१ ठाउँमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

दूतावासले भारतीय सैनिक सेवाबाट अवकाश पाएका भूपू सैनिक तथा उनीहरूका परिवारलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो ।

पेन्सन कार्यालयले दिएको जानकारी अनुसार शिविर पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, भोजपुर, दिक्तेल, ओखलढुङ्गा, सोलुखुम्बुमा सञ्चालन गरिएको हो ।

तराईका जिल्लाहरू झापामा ३ ठाउँ, मोरङमा ३ ठाउँ, उदयपुरमा २ र सुनसरीको झुम्कामा शिविर सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

शिविर अन्र्तगत पेन्सन कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनोजिया उदयपुरको कटारी,,बेल्टार र सुनसरीको झुम्कामा आफै उपस्थित भएका थिए ।

उनलाई शिविरका अवसरमा भारतीय भूपू सैनिक र उनीहरूका परिवारले भव्य स्वागत गरेका थिए ।

मेजर कनौजियाले भूप सैनिक र उनीहरूका आश्रितहरू, असक्त, वृद्ध भूपूहरूको असहजतालाई सहज बनाउन, दुःख कष्टमा साथ दिन पेन्सन वितरण कार्यालयको मुख्य उद्देश्य रहेको बताए ।

शिविरमा जीवित प्रमाणीकरण, मृत्युपछिको हकवाला सम्बन्धी विषयको सहजीकरण गर्ने कार्य पनि गरिएको थियो ।

शिविरको अवसरमा दस्तावेजीकरण कार्यहरू, भूपूहरूको कल्याणकारी योजनाहरू, फयुनरल ग्राण्ट, म्यारिज ग्राण्ट, मेडल वितरण, पर्चमेण्ट सर्टिफिकेट वितरण ईसिएचएसको सदस्यता पनि वितरण गरिएको बताइएको छ ।

कार्यालयले विभिन्न समयमा भूपू सैनिक परिवारका लागि र त्यसक्षेत्रका स्थानीयका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic