भारतीय राजदूतावास पेन्सन कार्यालय धरानद्वारा २१ स्थानमा स्वास्थ्य शिविर

  • साउन १७, २०८१
  • ३,५०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ साउनःभारतीय राजदूतावास धरान स्थित पेन्सन वितरण कार्यालयले पूवी पहाडी जिल्लाको २१ स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

कार्यालयले कोशी प्रदेशका पहाडी जिल्लाहरुको २१ ठाउँमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

दूतावासले भारतीय सैनिक सेवाबाट अवकाश पाएका भूपू सैनिक तथा उनीहरूका परिवारलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो ।

पेन्सन कार्यालयले दिएको जानकारी अनुसार शिविर पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, भोजपुर, दिक्तेल, ओखलढुङ्गा, सोलुखुम्बुमा सञ्चालन गरिएको हो ।

तराईका जिल्लाहरू झापामा ३ ठाउँ, मोरङमा ३ ठाउँ, उदयपुरमा २ र सुनसरीको झुम्कामा शिविर सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

शिविर अन्र्तगत पेन्सन कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनोजिया उदयपुरको कटारी,,बेल्टार र सुनसरीको झुम्कामा आफै उपस्थित भएका थिए ।

उनलाई शिविरका अवसरमा भारतीय भूपू सैनिक र उनीहरूका परिवारले भव्य स्वागत गरेका थिए ।

मेजर कनौजियाले भूप सैनिक र उनीहरूका आश्रितहरू, असक्त, वृद्ध भूपूहरूको असहजतालाई सहज बनाउन, दुःख कष्टमा साथ दिन पेन्सन वितरण कार्यालयको मुख्य उद्देश्य रहेको बताए ।

शिविरमा जीवित प्रमाणीकरण, मृत्युपछिको हकवाला सम्बन्धी विषयको सहजीकरण गर्ने कार्य पनि गरिएको थियो ।

शिविरको अवसरमा दस्तावेजीकरण कार्यहरू, भूपूहरूको कल्याणकारी योजनाहरू, फयुनरल ग्राण्ट, म्यारिज ग्राण्ट, मेडल वितरण, पर्चमेण्ट सर्टिफिकेट वितरण ईसिएचएसको सदस्यता पनि वितरण गरिएको बताइएको छ ।

कार्यालयले विभिन्न समयमा भूपू सैनिक परिवारका लागि र त्यसक्षेत्रका स्थानीयका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic