भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री संघद्वारा रक्तदान

  • साउन ३०, २०८१
  • ७,९६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउनः नेपाल–भारत मैत्री संघ सुनसरीद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मित्र राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा संघले सो रक्तदान कार्यक्रमको आयोृजना गरेको हो ।

सो कार्यक्रममा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजिया प्रमुख अतिथि रहनु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा ६१ पिण्ट रगत संकलन भएको आयोजक नेपाल भारत मैत्री संघ सुनसरीका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक रामस्वरुप शर्माले जानकारी दिनुभयो ।

blood = 2

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ आउने विरामीहरुका लागि रगतको अभाव हुन थालेपछि रक्तदानको आयोजना गरिएको शर्माले वताउनु भयो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले आफ्नो लागि गर्वको विषय रहेको वताउदै आफ्नो लागि शौभाग्यको कुरा भएको वताउनु भयो ।

धरानको अफिसमात्र नभएर नेपालको कोशी प्रदेशका १४ जिल्लाका सम्पूर्ण पेन्सनरहरुलाई हेर्ने मात्र नभएर सप्तरी, सिराहा, रामेछाप, जनकपुरका पेन्सनरहरुलाई पनि धरानकै अफिसले सेवा प्रवाह गरिरहेको जानकारी समेत गराउनु भयो ।

भूपूहरुको सेवा प्रदान गर्ने मौका पाएकोमा आफूलाई खुशी लागेको वताउनु भयो ।

नेपाल र भरत एउटै अंग जस्तै भएको र कसैले चाहेर पनि एक अर्काबाट विभाजित गर्न नसक्ने उल्लेख गर्नुभयो ।

उहाले नेपाल भारतवीचमा रोटीबेटीको सम्बन्धका साथै धर्म, संस्कार सबैमा समानता रहेको वताउनु भयो ।
नेपाल भारत मैत्री संघले भारतको ७८ औ स्वतन्त्रता दिवस अन्यत्र पनि यसैगरि सुजनात्मक काम गरेर मनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

स्वतन्त्रता दिवस भारतमा हर्षोल्लासपूर्ण रुपमा मनाइने गरीएको छ ।

सो अवसरमा आयोजकका तर्फबाट प्रभारी अधिकारी मेजर भरत कनौजिया, एमआइआर रुमका डा स्वामी, सुरक्षा इन्चार्ज सिवि राईलाई मायाँको चिनो प्रदान गरिएको् थियो ।

नेपाल भारत मैत्री संघ सुनसरीका अध्यक्ष सरोज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic