विराटनगरमा भारतीय कथक नृत्याञ्जली प्रदर्शन

  • भदौ ३, २०८१
  • ३,८८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ भदौः भारतीय स्वतन्त्रता दिवसको अवसरमा शनिवार विराटनगरमा भारतीय शास्त्रीय नृत्य नृत्याञ्जली प्रदर्शन गरेको छ ।

भारतीय राजदूतावास सम्बद्ध स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा सो नृत्याञ्जली प्रदर्शन भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले साँस्कृतिक आदान प्रदानले दुई देशको भाइचारा, सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

DANCE NEWS PHOTO = 2 उहाँले कोशी प्रदेशले भ्रमण वर्षको रूपमा भारत भ्रमण गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेपाल भारत सम्बन्धलाई बलियो बनाउन संस्कृति पक्षले ठुलो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

धरान स्थित भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयको सहरीकरणमा सांँस्कृतिक प्रस्तुति भएको थियो ।

कार्यक्रममा पेन्सन कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनोजियाले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका सहभागी टोलीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उहाले देशलाई चिनाउन त्यस देशको कला र संस्कृतिले महत्त्वपूर्ण भूमिका रहेका बताउँदै कथक नृत्य भारतीय सांस्कृतिक पहिचान भएको उल्लेख गर्नुभयो ।

उहाले भन्नुभयो –कथक भारतको पौराणिक नृत्य हो ।’ हिन्दु ग्रन्थहरूमा वर्णित कथक नृत्य भारतको राजस्थान र उत्तर भारतबाट सुरुवात भएको भएको उहाँको भनाई थियो ।

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic