राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरी अध्यक्षमा विनोद

  • भदौ ११, २०८१
  • ३४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११भाद्रः राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरीको दोस्रो सम्मेलनले विनोद विश्कर्माको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

सोमवार भएको जिल्ला सम्मेलनले विनोद बिकको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रतीक्षा बिसंखे, सचिवमा भूमिका रसाईली, सहसचिवमा अशोक बिक र कोषाध्यक्ष विवश लामगादे चयन गरेको छ ।

त्यसैगरी सदस्यहरू नवीन सेन्चुरी, विनोद रसाईली, राजु दर्नाल, मनीषा लोहार छन् ।

राष्ट्रिय दलित पत्रकार सङ्घका केन्द्रीय सदस्य तारा लामगादेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष नवीन रम्तेलले गरेका थिए ।

सङ्घका कोशी प्रदेश अध्यक्ष नैन रुचाल, प्रेस सेन्टरका महासचिव राजन केडी लगायतको उपस्थिति थियो ।

निर्वाचन समिति संयोजक तारा लामगादे, पत्रकार महासङ्घ सुनसरीका सहसचिव भोला श्रेष्ठ, दलित समन्वय समितिका निवर्तमान अध्यक्ष किशोर परियार थिए ।

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic