हिबिस्कस बोर्डिङ स्कुलमा शुभकामना आदान प्रदान

  • असोज २२, २०८१
  • ४,०५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असोजः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले दशैको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ ।

सो अवसरमा स्कुलले संचालक,शिक्षक,शिक्षिका विद्यार्थीहरुको उपस्थितिमा द्यार्थीहरुले टीका र जमरा समेत ग्रहण गरेका छन।

स्कुलको प्राङ्गणमा बिशेष कार्यक्रमको आयोजना गरी स्कुलले शुभकामना आदान प्रदान साथै विद्यार्थीैहरुले टीका जमरा लगाउने कार्यक्रम गरेको हो।

स्कुलका प्रवन्ध निर्देशक गङ्गाराम कुलुङ, प्रिन्सिपल पार्वति लिम्बु र भाईस प्रिन्सिपल बिजय सिंह थेबेले,पूर्व प्रिन्सिपल सल्लाहकारपवन झा ,लगायतको उपस्थिति रहेको थियो ।

स्कुलका प्रिन्सिपल तथा प्रवन्ध निर्देशकले बिद्यार्थीहरु, कर्मचारीलाई टीका र जमरा लगाई दिएका थिए ।

बिद्यार्थीहरुलाई दशै र टीका(जमरा लगाउनुको महत्वबारे बुझाई संस्कार, संस्कृतिको संरक्षण गर्न पर्छ भन्ने बारे जानकारी दिन टीका, जमरा लगाउने कार्यक्रम गरिएको स्कुलका प्रवन्ध निर्देशक गङ्गाराम कुलुङले बताए ।

सोही अवसरमा बिद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic